Comments Add Comment

विदेशी फिल्म रोक्न सकिदैनः सञ्चारमन्त्री

unnamed

काठमाडौं । विदशी फिल्मको बढ्दो प्रभावलाई नियन्त्रण गर्नका लागि कोटा निर्धारण गरेर अघि बढ्नुपर्नेमा सञ्चारमन्त्री मिनेन्द्र रिजालले सहमति जनाएका छन् ।

केपी पाठकको अध्यक्षतामा गएको अखिल नेपाल चलचित्रकर्मी संघको ३३ बुदे ज्ञापनपत्र बुझ्दै मन्त्रि रिजालले विदेशी फिल्म जर्बजस्ती रोक्न नसकिने बताए । ‘हामी विदेशी फिल्मलाई जर्बजस्ती रोक्न सक्दैनौ तर, कोटा सिष्टम बनाएर नियन्त्रण गर्न सक्छौं ।’ सञ्चारमन्त्री रिजालले भने ।

काठमाडौ बाहिर पनि मल्टिप्लेक्स निर्माणका लागि पहल गरेको धारणा राख्दै मन्त्रि रिजालले बर्गीकरणको भ्रममा नपर्न आग्रह गर्दै कलाकारलाई परिचयपत्रको ब्यबस्था गर्न लगेको जानकारी दिए ।

राष्ट्रिय चलचित्र निती लागु गर्नुपर्ने, बक्स अफिस स्थापना तत्काल लागु गरिनुपर्ने, विकास बोर्डले स्त्रिmप्ट जाँच्ने काम तत्काल छोड्नुपर्ने लगायत संघले ३३ बुदे मागपत्र बुझाएको छ । आफ्ना मागप्रति सञ्चारमन्त्री सकारात्मक भएको अध्यक्ष केपी पाठकले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment