Comments Add Comment

स्टकल्याण्डको स्वतन्त्रता अस्वीकृत

belayat

३ असोज, काठमाडौं । बेलायतबाट स्कटल्याण्डलाई अलग गर्ने कि नगर्ने भन्ने जनमत संग्रहमा बहुमत मतदाताले स्कटल्याण्डको विपक्षमा मतदान गरेका छन् ।
स्कटल्याण्डलाई बेलायतबाट अलग गर्नुपर्छ भन्नेतर्फ ४४.६ प्रतिशतमात्रै मत खसेको छ भने बेलायतबाट अलग गर्नु हुादैन भन्ने पक्षमा ५५.४ प्रतिशत मत खसेको छ ।
स्कटल्याण्ड स्वतन्त्रताको पक्षमा १५ लाख १२ हजार ६ सय ८८ जनाले मत खसालेका छन् । बेलायतसाग छुट्न हुादैन भन्ने पक्षमा १८ लाख ७७ हजार २ सय ५२ मत खसेको छ । करिब साढे ३ लाख मतान्तरका कारण स्कटल्याण्ड बेलायतबाट चाेइटिनबाट जोगिएको छ ।
मत परिणामपछि स्कटल्याण्डका प्रथम मन्त्री अलेक्स साल्मण्डले परिणामलाई स्कीकार गर्नुपर्ने बताएका छन् भने बेलायती प्रधानमन्त्री डेभिड क्यामरुनले खुशी व्यक्त गर्दै स्कटल्याण्डलाई थप अधिकार सम्पन्न बनाइने प्रतिक्रिया दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment