Comments Add Comment

ज्यामिरेको पहिरोले घर बगायो, तीन घर जोखिममा

३ असोज, सिन्धुपाल्चोक । अबिरल बर्षसँगै गएको पहिरोले सिन्धुपाल्चोकको ज्यामिरेमा एक घर बगाएको छ । घरसँगै गोठमा रहेका १४ वटा खसी बख्रा पुरेको छ ।

ज्यामिरे २ रामपुर मेलम्ची भोताङ सडक खण्ड अन्तर्गत गुहृयखोला माथीबाट आएको पहिरोले स्थानीय गणेशबहादुर महराको घर बगाएको हो । पहिरोले मानबीय क्षती नभएपनि महराको खसी बाख्रा गरी १४ ओटा पुरिएर मरेको ईलाका प्रहरी कार्यलय मेलम्चीका प्रहरी हवल्दार भोज बहादुर खत्रीले जानकारी दिए ।

पहिरोले करिब ५ लाख रुपैयाको क्षति गराएको छ । पानी पर्नेक्रम नरोकिए फेरी सोही स्थानबाट पहिरो खस्न सक्ने स्थानीयको भनाई छ । पहिरोका कारण सो स्थानका अन्य ३ घर उच्च जोखिममा रहेकाले उनीहरुले घर छाडेका छन् । दशै नजिकिदै गर्दा घर समेत जोखिममा परे पछि पीडितलाई बस्न समस्या भएको् छ ।

पीडितले आफ्नो पुर्नबासका लागि माग गरेका छन् । राति परेको वषर्ाका कारण मध्यरात १२ बजेको समयमा पहिरो गएको थियो ।
कूल तामाङबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment