Comments Add Comment

निरज र जीवनलाई थाइल्याण्डमा कसले रुवायो ?(भिडियो)

jiwan-chadani-in-sea
चलचित्र ‘स्टूपिड मन’को नयाँ गीत सार्वजनिक भएको छ । कात्तिक ७ गतेबाट प्रदर्शनमा आउन लागेको सिनेमाको ‘मझधारमा’ बोलको गीत सार्वजनिक भएको हो ।
गीतमा चलचित्रका मुख्य कलाकारहरुको पीडा र प्रेम-विछोड देखाइएको छ ।

सम्पूर्ण दृश्य थाइल्याण्डमा छायांकन गरिएको यो चलचित्रमा जीवन लुइटेल, निरज बराल, चाँदनी शर्मा, रिज्जु श्रेष्ठको मुख्य भूमिका छ । निरज बराल र विवेक शाहीको निर्माणमा तयार भएको यो सिनेमालाई दिवाकर भट्टराइले निर्देशन गरेका हुन् ।

चलचित्रमा अर्जुन पोख्रेलको संगीत छ । सार्वजनिक नयाँ गीतमा राज सिग्देल र दुर्गा खरेलको आवाज, दयाराम पाण्डेको शब्द समावेश छ । चलचित्र अहिले गीतकै कारण चर्चामा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment