Comments Add Comment

नेपालमा विकास हुन्छ, युएईमा रहेका नेपाली फर्कन्छन् : प्रधानमन्त्री

susil-koirala
४ असोज, आबुधावी (युएई) । प्रधानमन्त्री सुशील कोइरालाले नेपालमा विकासले गति लिने र वैदेशिक रोजगारका लागि विदेश गएका नेपाली चाँडै स्वदेश र्फकने बताएका छन् ।
संयुक्त राष्ट्रसङ्घको ६९ औँ महासभामा भाग लिन अमेरिका जाने क्रममा शुक्रबार राति आबुधावी पुगेका प्रधानमन्त्री कोइरालाले संयुक्त अरब इमिरेट्सका लागि नेपालका राजदूत धनञ्जय झासँग नेपाली कामदारको अवस्था बुझ्दै नेपालीलाई विदेश नजाने वातावरण बनाउन लागेको बताए ।
प्रधानमन्त्रीले युएईमा रहेका नेपालीको अवस्था उनीहरुले गरेका काम लगायतका विषयमा जिज्ञासा राखेका थिए ।

आबुधावी अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा प्रधानमन्त्री कोइरालालाई नेपाली राजदूतावासका कर्मचारी, युएइमा कार्यरत नेपाली जन सम्पर्क समितिका अध्यक्ष चित्र केसी र कोषाध्यक्ष दीपक भट्टसहितको प्रतिनिधिमण्डलले स्वागत गरेको थियो ।

राजदूत झाका अनुसार अहिले युएइमा मात्रै झन्डै चार लाख नेपाली कार्यरत छन् ।

प्रधानमन्त्री कोइरालाले शनिबार बिहान आबुधावीस्थित नेपाली राजदूताबासमा मध्यपूर्व, पश्चिम एसिया र उत्तरी अपि|mकी मुुलुकमा कार्यरत नेपाली राजदूतसँग ती देशमा भएका कामकारबाहीका सम्बन्धमा जानकारी लिने कार्यक्रम रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment