Comments Add Comment

हेटौंडामा स्पोर्टस एकेडमी निर्माण गर्न चीनले सघाउने

Sports-minister

५ असोज, काठमाडौं । चीनले हेटौंडामा अत्याधुनिक सुबिधायुक्त खेलकुद प्रतिष्ठान (स्पोर्टस एकेडेमी) निर्माणमा सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।

१७ औँ एशियाली खेलकुद प्रतियोगिताका क्रममा दक्षिण कोरियाको ईन्चोनमा युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेलसँगको भेटवार्तामा चिनीयाँ खेलकुद मन्त्री लिउ पेङले नेपालको खेलकुद विकासका लागि प्रतिष्ठान निर्माणमा सघाउने बताएका हुन् ।

उनले नेपालको बिकास निर्माणका साथै खेलकुदको क्षेत्रमा पनि आधुनिक सिप र प्रबिधी उपलब्ध गराउने बचन दिए । मन्त्री लिउले हेटौडामा निर्माण हुने खेल प्रतिष्ठान निर्माणका लागि ठोस प्रस्ताब जति छिटो उपलब्ध गराउन आग्रह गरेको खेलकुद मन्त्रीका सहयोगी दिपेन्द्र खड्काले जनाएका छन् ।

भेटमा मन्त्री पौडेलले चीन सरकारले नेपालको बिकासमा प्रदान गर्दै आएको सहयोगको प्रसंसा गर्दै खेलकुद क्षेत्रको भौतिक पुर्बाधार निर्माणमा समेत सहयोग उपलब्ध गराउनेमा आफु बिश्वस्त रहेको बताएका थिए ।

भेटमा नेपाल ओलम्पिक कमिटीका महासचिब जीवनराम श्रेष्ठ, भेटमा राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष लामा टेण्डि शेर्पा, युवा तथा खेलकुद मन्त्रालयका सह सचिब चुडामणी पौडेल र नेपाल सुटिङ संघका महासचिब रन्जन श्रेष्ठको सहभागिता थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment