Comments Add Comment

इन्दिरालाई छुने दर्शक किन कम ?

indira-joshi
अमेरिकाको एक महिने सांगीतिक यात्रामा निस्किएका नेपालका चर्चित गायक-गायिकाले शनिबार टेक्सासमा आयोजना भएको एक कन्सर्टमा दर्शकलाई तताएका छन् । गायकत्रय निमा रुम्बा, दिपक लिम्बु, भिम निरौलाको साथमा गायिका इन्दिरा जोशीले दर्शक तताएका हुन् ।

दशैको शुभकामना सहित टेक्सासको इर्विग शहरमा नेपाली गायक तथा गायिकाले पहिलो प्रस्तुती दिएका थिए । तर, कार्यक्रममा दर्शकको संख्या कम रहेको अमेरिकाबाट विकासराज न्यौपानेले जनाएका छन् । सेप्टेम्बर २७ मा नेपाली समाज टेक्सासको दशै कार्यक्रम र लायन्स क्लबले आयोजना गरेको मह जोडीको कार्यक्रमले पनि दर्शकको संख्या कम भएको अड्कल काटिएको छ ।

तोकिएको समयभन्दा २ घन्टा ढिलो सुरु भएको कार्यक्रममा २ सय दर्शक मात्र सहभागी थिए । कलाकारको प्रस्तुती रमाइलो भएपनि दर्शक कम आउँदा खल्लो भएको प्रतिक्रिया दर्शकबाटै प्राप्त भएको थियो । दर्शक अभावमा आयोजकमा पनि वेचैनी देखिएको थियो । texas

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment