Comments Add Comment

नेप्सेमा ३० करोड रूपैयाँको सेयर किनबेच

६ असोज काठमाडौं । सोमबार १.६१ अंकले घटेर नेप्से परिसूचक ८८१.६४ अंकमा झरेको छ । आइतबार नेप्से १७ अंकले घटेको थियो ।

यो दिन १ सय २४ कम्पनीका ४ लाख ९५ हजार कित्ता सेयर ३० करोड रुपैयाँमा किनबेच भएको नेप्सेले जनाएको छ । सोमबारको कारोबार रकम र कारोबार कित्ता पनि अन्य दिनको तुलनामा निकै कम हो ।

वाणिज्य बैंक, बीमा, विकास बैंक वित्त कम्पनी र अन्य समूहको सूचक घटेपनि जलविद्युतमा भएको उच्च अंकको वृद्धिले समग्र नेप्से परिसूचलाई धेरै घट्नबाट बचाएको छ ।

जलविद्युत समूहको सूचक १०६.६५ अंकले बढेको छ भने होटल समूहको सूचक ८.१ अंकले बढेको छ ।

सोमबारको कारोबारबाट बीमा समूहको सूचक सबैभन्दा बढी (३२ अंक)ले घटेको छ । त्यसैगरी वाणिज्य बैंक समूहको सूचक ३.५१ अंकले घटेको छ । यो समूहको मात्रै १२ करोड ६१ ल्ाख रुपैयाँको कारोबार भएको छ ।

त्यस्तै विकास बैंक समूहको सूचक ६.५१ अंकले, वित्त कम्पनी समूहको सूचक ६.०७ अंकले र अन्य समूहको सूचक ४.७ अंकले घटेको छ ।

आइतबारको तुलनामा चिलिमे जलविद्युत कम्पनीको सेयर मूल्य १ सय ४३ रुपैयाँले बढेको छ । आइतबार बजार बन्द हुँदा प्रतिकित्ता २ हजार रुपैयाँ रहेको चिलिमेको सेयरमुल्य सोमबार बजार बन्द हुँदा बढेर  २ हजार १ सय ४३ रुपैयाँ पुगेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment