Comments Add Comment

दुई ठाउँमा हारेका माधव नेपाल प्रधानमन्त्री हुनुभो : प्रदीप ज्ञवाली

६ असोज, काठमाडौं । नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले चुनाव हारेकालाई मन्त्री बनाएको भन्ने नेता माधवकुमार नेपालको आरोप औचित्यहीन भएको बताएका छन् ।

एमालेमा दुई ठाउँमा हारेका नेतालाई प्रधानमन्त्री बनाएको नजीर भएको तर्क गर्दै ज्ञवालीले भने-‘माधव नेपाल स्वयं दुई-दुई ठाँउबाट हार्नुभएको थियो । उहाँलाई हामीले प्रधानमन्त्री बनाउने निर्णय गर्‍यौं । त्योबेला उहाँको आवश्यकता थियो ।’

सचिव ज्ञवालीले पार्टी अध्यक्ष केपी शर्मा ओली र माधव नेपालवीच सर-सल्लाह गरेर नै संविधानसभामा सरकारबाट मनोनित गर्ने २६ सभासदमा ८ जनाको मनोनयन भएको बताए ।

पार्टीले आवश्यक ठानेको जो कोहीलाई पनि मन्त्री बनाएर सरकार पठाउन सकिने भन्दै ज्ञवालीे यसको आलोचना गर्नुको औचित्य नरहेको बताए । ज्ञवालीले पार्टीभित्र यस्ता विवादहरु नझिक्न पनि नेता नेपाललाई आग्रह गरे ।

सोमबार पत्रकार ऋषि धमलाको रिपोर्टस् क्लबमा पुगेका ज्ञवालीले एमालेभित्रको विवादले संविधान निर्माणमा असर पर्ने भन्दै पार्टी एक भएर अघि बढ्नुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment