Comments Add Comment

केबुलकारमा खिचिएको हलिउड फिल्म

filmकाठमाडौं । हलिउडका निर्देशकले नेपालमा खिचेको फिल्मको टे्रलर सार्वजनिक भएको छ । स्टेफेनी स्प्रे र प्याचो भेलेज दुइ निर्देशकको संयुक्त निर्देशन रहेको उक्त फिल्मको धेरै सिन मनकामना केबलकारमा खिचिएको छ ।

‘मनकामना’ नाम रहेको फिल्ममा नेपाली कलाकारले अभिनय गरेका छन् भने, ब्यबसायिक कलाकारको उपस्थिती देखिदैन । विषयबस्तुलाई जीबन्त बनाउनका लागि स्थानियलाई अभिनय गराइएको छ ।

टोरन्टो, लोकार्नो, लस एन्जल्स लगायतका फिल्म फेष्टिवलमा प्रदर्शन भइसकेको यो फिल्म दुइघण्टा लामो छ । पश्चिमा फिल्म समिक्षकले हेनैपर्ने फिल्मको सुचिमा राखेको ‘मनकामना’ भित्र केबुलकारले सिंगो देशको प्रतिनिधित्व गरेको सन्देश दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment