Comments Add Comment

जलविद्रोह हुने चिन्तनको चेतावनी

antarkriya

७ असोज, पोखरा । जलस्रोतविद् डा। गोपाल सिवाकोटी चिन्तनले नेपालमा जलविद्रोह हुने चेतावनी दिएका छन् ।
सर्वदलीय गठबन्धन मोर्चाले पोखराको लेखनाथ नगरपालिकामा गरेको अन्तरक्रिया कार्यक्रममा चिन्तनले माथिल्लो कर्णाली र अरुण ३ जस्ता परियोजनाहरू नेपालले आफ्नै लागि निर्माण गर्नु पर्ने बताए ।

विदेशी लगानी र निर्माणकर्ता आवश्यक परे तापनि त्यसको सम्पूर्ण स्वामित्व र व्यवस्थापन नेपालले नै गर्नु पर्ने भन्दै उनले भने-विदेशी कम्पनीले आफ्नो कामको नाफा लिएर जाने हो । बिजुली नेपालभित्रै खपत गर्ने हो ।’ नेपाललार्इ चाहिने ५/१० हजार मेगावाट बिजुली स्वदेशमा नै खपत गर्ने सुनिश्चित नभएसम्म विद्युत व्यापार वा निर्यात गर्ने कुरा बेकार भएको उनले बताए ।

उनले भने-‘नभए अब नेपालमा हुने जलविद्रोह र जलयुद्धलाई कसैले रोक्न सक्दैन । यसका लागि अब हामी सबै कपी, कलम र कोट फुकालेर भए पनि संघर्षको मैदानमा उत्रनुपर्दछ । राष्ट्रिय हितविपरीत पिडिए र पिटिए खारेज गर्नैपर्छ ।’

कार्यपत्र प्रस्तुत गर्दै उनले नेपालको पानी र बिजुली पहिले नेपालकै लागि हुनु पर्ने बताए ।

नेकपा-माओवादीका तमुवान इन्चार्ज श्रीनाथ अधिकारीले कोशीदेखि माथिल्लो कर्णालीसम्म आइपुग्दा सबै सम्झौताका पछाडि भारतका राजनीतिक स्वार्थ जोडिएका बताए । सत्तामा पुगेपछि सबै पार्टीहरूले जल तथा ऊर्जाका क्षेत्रमा राष्ट्रिय हितविपरीत कार्य गर्ने गरेके भन्दै उनले भने-‘नेपालको अस्थिरता नै नेपालको जलस्रोत हत्याउने भारतीय चाहना हो । यसका विरुद्ध राष्ट्रिय हितका पक्षमा सबै पार्टीहरूबीच राष्ट्रिय सहमति आवश्यक छ ।’
एमाओवादी नेता कृष्ण शर्माले माथिल्लो कर्णाली परियोजना विकास सम्झौताबाट नेपालमाथि साँच्चिकै बुट (Build, Own, Operate and Transfer – BOOT) बजार्ने काम भएको बताए ।

कांग्रेस, लेखनाथ नगरपालिकाका सभापति राजेन्द्र नेपाललाई अँध्यारोबाट मुक्त गर्ने योजनाले प्राथमिकता पाउनुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment