Comments Add Comment

धानबाली नष्ट भएपछि किसानले गरे उद्योग कार्यालयमा तालाबन्दी

गौतम श्रेष्ठ

७ असोज, रौतहट । रौतहटका किसानहरुले घरेलु तथा साना उद्योग कार्यालय रौतहटमा तालाबन्दी गरेका छन् ।

रौतहटमा सञ्चालित तीन उद्योगको बदमासीका कारण धानबाली नष्ट भएपछि न्याय माग्दै जिल्ला प्रशासनको ढोका अगाडी २६ दिनसम्म अनशन बसेका किसानलाई वास्ता नगरिएपछि कार्यालयमा तालाबन्दी गरेका हुन् ।

आक्रोसित किसान र राजनितिक दलका प्रतिनिधिले मंगलबार कार्यालय प्रमुखको कार्यकक्ष र मूल ढोकामा ताल्चा लगाएका छन् । शान्तीपूर्ण रुपले अनशन बस्दा सरकारले नसुनेकोले बाध्य भएर सशक्त आन्दोलनका कार्यक्रम गर्नु परेको उनीहरुले बताए ।

दोषीलाई कारवाही र पीडित किसानलाई क्षतीपुर्तिको माग राख्दै भदौ १० गतेदेखी असोज ५ गतेसम्म रिले अनशनमा बस्दा पनि राज्यले कुनै वास्ता नगरेको भन्दै उनीहरु कडा आन्दोलन गर्ने पक्षमा उभिएका छन् । किसानहरुको आन्दोलनलाई राजनितिक दलहरुले पनि सघाइरहेका छन ।

गत साउन २८ र २९ गते बाढी आएको मौका छोपी रौतहटको मध्यबजार गरुडामा रहेको श्रीराम सुगर मिल्स डिष्टीलरी, ज्योती डिष्टीलरी डुमरिया र बाबा डिष्टीलरी विर्ताले पोखरीमा भण्डारण गरेर राखेको दूषित पानी -स्पेण्ड वाश) को ढल बाढीमा बगाएपछि किसानको खेतका बाली नष्ट भएको थियो । उद्योगको बदमासीकै कारण १३०० हेक्टरमा लगाइएको धानबालि नष्ट हुँदा पनी राज्य गम्भीर बन्न सकेको छैन ।

पसिना र पैसा खर्च गरेर रोपेको धानबाली उद्योगले नष्ट पारि दिए पछि पीडित बनेका रौतहटका किसान र एक दर्जन भन्दा बढी राजनितिक दलका प्रतिनिधिहरुले जिल्ला प्रशासन कार्यालयको मूल द्धार अगाडी बसेको झण्डै एक महिना नै रिले अनशन गरेका थिए ।

किसान र राजनितीक दलका नेताहरुले राजधानी पुगेर यस विषयमा कृषी मन्त्रालय, उद्योग मन्त्रालय तथा प्रधानमन्त्री लाई समेत ज्ञापनपत्र बुझाएको थियो । तर पनि राज्यबाट अहिले सम्म कुनै किसीमको ठोस पहल हुन सकेको छैन् ।

किसानहरुको माँगका बारेमा आफूहरुले मन्त्रालय सम्मलाई जानकारी गराइसकेको र छानबिन समितिको प्रतिवेदन उद्योग मन्त्रालयमा पठाएको घरेलु तथा साना उद्योगको कार्यालय रौतहटका प्रमुख जयकान्त झाले बताए ।

‘विभागले कारवाहीको प्रकृया शुरु गरि सकेको छ’ प्रमुख झाले कारवाही प्रकृया ढिलो भएको स्वीकार्दै भने- ‘सम्बन्धीत निकालयमा लेखापढी भइसकेको छ । किसानलाई क्षतिपूर्तिको सम्बन्धमा हाल सम्म निर्णय भएको छैन । त्यो मन्त्रालयले गर्ने काम हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment