Comments Add Comment

वेबसाइटको संख्या एक अर्व नाघ्यो, हरेक सेकेण्डमा बन्छ एउटा वेबसाइट

internetतपाइँले यो वाक्य पढिसक्दा विश्वमा कम्तिमा थप चारवटा नयाँ वेबसाइट बनिसकेका हुनेछन् । विश्वमा वेबसाइटको संख्याका विषयमा भएको एक अनुसन्धानका अनुसार हरेक सेकेण्डमा एउटा नयाँ वेबसाइट बन्ने गरेको छ ।

अध्ययन अनुसार विश्वमा वेबसाइटको कूल संख्या १ अर्ब नाघिसकेको छ । विश्वमा वेबसाइटको संख्याले १ अर्बको कोशेढुंगा पार गरेको एकिन समयको निधो नभएपनि सेप्टेम्बरको सुरुमै विश्वमा वेबसाइटको संख्याले १ अर्ब छोएको थियो ।

अनलाइन सम्बन्धि लाइभ तथ्यांक तथा सूचना प्रदान गर्ने इन्टरनेट लाइभ स्टाटले सर्भर र आइपी ठेगाना सहितको छुट्टै पेजलाई वेबसाइट मानेर यस्तो तथ्यांक तयार पारेको हो ।

विश्वमा १ अर्ब भन्दा बढि वेबसाइटहरु अस्तित्वमा रहेपनि त्यसको ७५ प्रतिशत वेबसाइट एक्टिभ नरहेको आइएलएस को भनाइ छ । तत्काल सक्रिय नरहेका तर दर्ता भएका त्यस्ता वेबसाइटलाई डोमेन पार्क को संज्ञा दिइएको छ ।

आइएलएसका अनुसार एक अर्वको कोशेढुंगा सेप्टेम्बरको सुरुमा पार गरिएको भएपनि निस्त्रिmय वेबसाइटको संख्यामा हुने घटबढका कारण यो संख्या आगामी महिनाहरुमा पनि पुन एकिन गर्नुपर्नेछ ।

वल्र्ड वाइड वेबका पिता टिम बर्नर्स ली ले टि्वटर मार्फत विश्वमा वेबसाइटको संख्या एक अर्व नाघेको समाचार उल्लेख गरेका छन् ।

lee

डट कम र डट नेटका अलवा अन्य डोमेनको प्रयोगमा विविधता भएसँगै विश्वमा वेबसाइटको संख्या निकै बढेको बताइन्छ ।

इन्टरनेट प्रयोगकर्ताको संख्या निकै बढेसँगै विश्वमा इन्टरनेटको अधिकतम क्षमताको सीमा समेत नाघिँदा विश्वको इन्टरनेट सेवामा पछिल्लो समयमा ठूलो समस्या आउने गरेको बेलायतको अक्सफोर्ड इन्टरनेट इन्स्िटच्युटले चेतावनी दिएको छ ।

कतिपय चर्चित साइटहरुमा समस्या आउने तथा क्रयास हुने कारणले गर्दा प्रयोगकर्ताहरुलाई मर्का पर्नुका साथै ठूलो आर्थिक नोक्सानी समेत हुने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment