Comments Add Comment

आज कसैको सौदा भो !

गौतम ‘उदय’ 

किन होला, जिन्दगीमा, हारमाथि अर्को हार भो

बल्लतल्ल, पाएको जुनी यो, त्यसैत्यसै बरबाद भो

चोखो दिलले, मायाँ गर्नु कसैलाई

आफ्नैनिम्ति, अभिशाप भो ।

मेरो खुसी, नियतिको, एकतर्फी सम्झौता भो

यो जिन्दगी, नलिएको, ऋणको बक्यौता भो

अति धेरै, बिश्वास गर्नु कसैलाई

घातैमाथि, अर्को घात भो ।

मेरो मायाँ, मेरो समर्पण, आज कसैको सौदा भो

उसकै कारण, फेरि जीवन, प्रारम्भको मस्यौदा भो

निस्वार्थ मनले, समर्पित हुनु नै

आफ्नैनिम्ति, बज्रपात भो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment