Comments Add Comment

देउवाले रोके नेविसंघ नेताको आमरण अनसन

Deuba६ मंसिर, काठमाडौं । नेविसंघको महाधिवेशन सातौं पटक स्थगित गर्ने मुख्य दोषी भन्दै महाधिवशन पक्षधर विद्यार्थी नेताहरुले कांग्रेस महामन्त्री कृष्णप्रसाद सिटौलालाई उनकै निवासमा घेरेका छन् ।

उनीहरुले सिटौलाकै कारण महाधिवेशन हुन नसकेको भन्दै अब उनकै निवासमा अनसन बस्ने चेतावनी समेत दिएका छन् । महाधिवेशनको मिति तोक्न माग गर्दै शनिवार विहान सिटौला निवास पुगेका विद्यार्थी नेताहरुले आफूमाथि लगाएको आरोप उनले अस्वीकार गरेका थिए ।

‘तपार्इहरुकै कारण स्थगित भएको हो, मतदाता लिष्ट देऊ भन्दा दिन नसक्नेहरुले स्थगनको आरोप लगाउन मिल्दैन’ सिटौलाको जवाफ थियो ।

महाधिवेशन माग गर्दै जाने टोलीमा अधिकांश शेरवहादुर देउवा पक्षधर विद्यार्थी नेताहरु देखेपछ सिटौलाले खुलेर जवाफ दिएनन् ।

टोलीमा नेविसंघका पूर्व उपाध्यक्ष नैनसिंह महरसहित केशरजंग शाही, रविन्द्र शाह, पुष्प शाही, शुभराम बस्नेत, तीर्थ गौतम, पवन यादव, बद्री मुडभरी, शिव बोहोरा, गोकर्ण चन्द, निशा श्रेष्ठ लगायत थिए ।

सोही टोलीले बरिष्ठ नेता देउवालाई भेटेको थियो । उनीहरुले आइतवारदेखि देशका ७५ ओटै जिल्लामा माहाधिवेशन माग गर्दै आमरण अनसन बस्ने जानकारी दिएपछि देउवाले सार्कअघि कुनै पनि आन्दोलनका कार्यक्रम नगर्न निर्देशन दिएका थिए । देउवाले आफू महाधिवेशनको पक्षमा रहेको भन्दै सार्कपछि मिति तोक्न आफूले पहल गर्ने आश्वासन दिएको अध्यक्षका दावेदार नैनसिंह महरले अनलाइनखबरलाई बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment