Comments Add Comment

अर्जेन्टिना र बेल्जियम क्वाटरफाइनलमा भिड्ने, अमेरिका बाहिरियो

belzium१८ असार, काठमाडौं । अमेरिकालाई पराजित गर्दै बेल्जियम २८ वर्षपछि विश्वकप फुटबलको क्वाटरफाइनलमा पुगेको छ । अब उसले सेमिफाइनल प्रवेशका लागि अर्जेन्टिनासँग खेल्नेछ ।

पछिल्लो दुई संस्करणमा विश्वकपका लागि छनोट नै हुन नसकको बेल्जियम सन् १९८६ मा सेमिफाइनलसम्म पुगेको थियो । त्यससता यो बेल्जियमको राम्रो प्रदर्शन हो ।

बुधबार विहान भएको प्रि-क्वाटरफाइनलको अन्तिम खेलमा बेल्जयमले अमेरिकालाई २-१ गोल अन्तरले पराजित गरेको छ । तीनै गोल अतिरिक्त समयमा भएको थियो । गोलरक्षक टिम हावर्डको उत्कृष्ट प्रदर्शनसँगै अमेरिकाले बेल्जियमलाई निर्धारित ९० मिनेटमा गोल गर्ने मौका दिएको थिएन ।

सल्भाडोरमा भएको खेलको अतिरिक्त समयको तेस्रो मिनेटमा केभिन डि ब्राउनले गोल गर्दै टोलीलाई अग्रता दिलाए । अतिरिक्त समयको पहिलो हाफ सकिन केहीबेर अघि लुकाकुले गोल गर्दै बेल्जियमलाई २-० को अग्रता दिलाए ।

थपिएको समयको दोस्रो हाफको सुरुमा नै ग्रिनले गोल गर्दै अमेरिकालाई खेलमा फर्काउने संकेत दिए पनि ढिला भइसकेको थियो । उसका केही प्रयास राम्रो थियो तर, गोल गर्न सकेन ।

क्वाटरफाइनल भिडन्त 
फ्रान्स र जमर्नी २० गते राति ९:४५ बजे 
ब्राजिल र कोलम्बिया २१ गते विहान १:४५ बजे
अर्जेन्टिना र बेल्जियम २१ गते राति ९:४५ बजे
नेदरल्याण्ड र कोष्टारिका २२ गते विहान १:४५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment