Comments Add Comment

धनी हुनुका १२ बेफाइदा

Rich-people-2आलिशान बंगला, महंगा गाडि, विलासी साधन, देशबिदेशको भ्रमम जस्ता धनाढ्यका जिवनशैली मिडियामा चर्चाका विषय बन्दछन् । धनी हुने चाहना जो कोहीलाई हुन्छ, र मोजमस्ती पूर्ण जीवनको सपना सबैको हुन्छ । तर, धनी हुनुको पीडा केवल धनीलाई मात्र थाहा हुन्छ । धनी हुनु आनन्ददायक मात्र छैन निकै पीडायुक्त पनि छ । धनी बन्ने सपना देख्ने मानिसले यसबारे कहिल्यै सोचेको हुँदैन् ।

विश्वको चर्चित प्रश्नोत्तर वेबसाइट कोरामा हालै धनी हुनु कत्तिको उपयुक्त भन्ने प्रश्न राखिएको थियो । त्यसमा धेरैले यस्ता प्रतिक्रिया जनाएका छन् जसमा धनी हुनुका निकै मर्मस्पर्शी बेफाइदा उल्लेख छन् ।

ती प्रतिक्रिया मध्ये केही रोचक विचारहरु हामीले यहाँ प्रस्तुत गरेका छौँ । जसबाट के प्रष्ट हुन्छ भने धनी हुनु भनेको तपाइँ हामीले सोँचे जस्तो संसारै जित्नुचाहिं होइन । धनी हुनुका बेफाइदा निम्न छन् –

१. धेरै चिजको तिलान्जली : मान्छे रातारात धनी बन्दैन, अपवाद बाहेक । धन कमाउनका लागि उसले धेरै समय तथा श्रम खर्च गरेको हुन्छ । वर्षौसम्म धन कमाउनका लाडि कडा मेहेनत गर्दा मान्छेले आफ्ना धेरै नाता सम्बन्धहरु त्याग गर्नुपरेको हुन्छ , भविष्यका धेरै अवसर, जिवनमा लिनैपर्ने अनुभवहरुलाई तिलान्जली दिनुका साथै आफ्नो धैर्य र सपना दिनुपरेको हुन्छ ।

२. धनी मानिसलाई धेरैले लोभी, निर्दयी तथा कामको किरो भन्ने आरोप लगाउँछन् । केही राम्रो चिज किन्यो भने पनि देखाउनका लागि किन्यो भन्ने ठान्छन् । धनीको प्रगतिलाई कोहीकोहीले आफ्नो अवगति ठान्छन् ।

३. धनी हुँदा वृहत समुदायबाट एक्लिइन्छ । धनी मानिससँ समाजका अरु सर्वसाधारण मानिसले सम्बन्ध गाँस्न तथा नजिकिन उतिसारो रुचाउँदैनन् । धनी आफैमा पनि बढि महत्वाकांक्षा, बढि विश्वास तथा घमण्ड पलाउँछ र अरुलाई नगन्ने प्रवृत्ति बढ्छ ।

४. साथी र परिवारले समेत अर्कै व्यवहार गर्छन् । कतिले अनावश्यक ऋण माग्न थाल्छन् भने परिवारका सदस्यहरु बढि खर्चालु र ढोँगी बन्दछन् । मान्छेका तपाइँप्रतिका अपेक्षा बढ्छन् तर ती पूरा गर्न तपाइँलाई हम्मेहम्मे पर्छ ।

५. पैसाका कारण व्यक्तिको विचार नै लोप हुने खतरा हुन्छ । तपाइँसँग पैसा छ की पैसासँग तपाइँ हुनुहुन्छ छुट्टाउनै गाह्रो हुन्छ । पैसाले तपाइँको जिन्दगीमाथि नियन्त्रण कायम गर्छ ।

६. पैसा तपाइँप्रति अरुको ध्यान खिच्ने माध्यम बन्दछ । महंगा वस्तु किन्ने लत बस्न सक्छ र अरुलाई म धनी छु भन्ने देखाउने घमण्ड हुन्छ । आत्मसम्मान पनि स्खलित हुँदै जान्छ ।

Rich-People-3७.धनीका सन्तानले पैसाको महत्व बुझ्न सक्दैनन् । पैसा सित्तैमा पाइन्छ, काम गर्नुपर्दैन भन्ने भावना धनीका छोराछोरीमा पलाउँछ । जिवनमा सफलता प्राप्त गर्नको लागि चाहिने परिश्रम र कामका बारेमा बेखबर हुन्छन् ।

८. धनी मान्छेप्रति अरुले धेरै आश गर्न थाल्छन् । मान्छेले तपाइँलाई मन पराउँछन् की तपाइँको पैसालाई ? छुट्टाउनै गाह्रो हुन्छ । अझ अविवाहितको हकमा यो समस्या बढि उत्पन्न हुन्छ ।

९. किन्न चाहेका सामान मन पर्दैनन् । आफुले किन्ने नसक्ने सामान मात्र मन पर्छन् । कुनै राम्रो सामान सस्तोमा पाइयो भने पनि मन पर्दैनन् ।

१०. आफुभन्दा धनी मान्छे देखेर आरिस हुन्छ । सधै आफुभन्दा धनी मान्छेको स्तरमा कहिले पुग्ने भन्ने चिन्ताले छाड्दैन ।

११. अब के गर्ने भन्ने थाहा हुँदैन । धेरै मानिसले कडा परिश्रम गर्ने उत्प्रेरणाको रुपमा पैसालाई लिन्छन् । जब त्यो लक्ष्यमा पुग्छन् तब उनीहरुलाई त्यसपछि के गर्ने भन्ने थाहै हुँदैन ।

१२.आफ्नो अन्तरमनको भावना तथा चरित्र पैसाले परिवर्तन हुँदो रहेनछ भन्ने कुरा बल्ल बुझिन्छ । पैसाले सुविधा तथा आराम किन्न सकिन्छ तर यस्तो सुविधाले सन्तुष्टि प्रदान गर्न सक्दैन । उखानै छ, ‘खुसी मानिसहरु लखपति हुँदा पनि खुसी नै हुन्छन् तर बेखुस बानिसहरु लखपति भएपनि बेखुस नै रहन्छन् ।’

बिजनेस इनसाइडरबाट

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment