Comments Add Comment

बच्चा देखेर लजाइन सन्नी, सुटिङ गर्न इन्कार

sunny-leoneएजेन्सी, मुम्बई । पूर्व पोर्न स्टार सन्नी लियोनी आजकल बलिउडमा भाग्य चम्काउने दाउमा छिन् । ‘पोर्नस्टार’को छवि मेटाउँदै ‘बेबी डल’ बन्न उनले निकै पापड बेल्नु परिरहेको छ ।

उनै सन्नी हालै १० बर्षभन्दा कम उमेरका बच्चासँग लाज मानेर सुटिङ गर्न इन्कार गरेकी छिन् ।

उनले अभिनय गरिरहेको ‘हेट स्टोरी २’ मा सन्नी आइटम डान्सका लागि तयारी अबस्थामा थिइन् । मुम्बईको फिल्मिस्तान स्टुडियोमा सुटिङ सुरु भयो । कालो र सुनौलो रंगको सेक्सी गेटअपमा झुल्किएकी सन्नी आइटम डान्सका लागि कम्मर हल्लाउन मात्र लागेकी थिइन । उनले सेटमा थुप्रै बच्चाहरु देखिन् जो उमेरले १० बर्षभन्दा मुनीका थिए ।

बच्चा देख्नासाथ उनले सुटिङ गर्न इन्कार गरिन् । सुटिङ टोलीसँग ठूलो कपडा मागेर हत्तपत्त आफ्नो शरिर ढाकिन् ।

सन्नीले सुटिङ गर्न नमानेपछि युनिट तनावमा प¥यो । आखिर सन्नीले बच्चाका अगाडी किन सुटिङ गर्न मानिनन् ? सुटिङ हेर्न आएका बच्चालाई इस्यु नबनाउन युनिटले सन्नीसँग आग्रह ग¥यो । आधा घण्टासम्मको कोसिस सफल नभएपछि अन्ततः युनिटले साना बालकलाई बाहिर पठायो ।

यसको पुष्टी गर्दै सन्नीका पति डेनियलले भने– सन्नी भिडको अगाडी काम गर्न रुचाउँदिनन्, जति कम भिड भयो उति काममा फोकस हुन सक्छिन् ।’ धेरै भिड भएको र १० बर्ष मुनीका बच्चाले आइटम डान्सको सुटिङ हेर्नु राम्रो नभएको हुँदा सन्नीले अडान लिएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment