Comments Add Comment

मोदी सरकारले माओवादी विद्रोहीसँग वार्ता नगर्ने

१८ असार, काठमाडौं । नरेन्द्र मोदी नेतृत्वको भारत सरकारले त्यहाँका सशस्त्र विद्रोही माओवादीहरुसँग वार्ता नगर्ने जनाएको छ । भारतीय माओवादीसँग कुनै एजेन्डा नभएको भन्दै उनीहरुसँग वार्ता नगर्ने भारतीय अधिकारीहरुले निश्कर्ष निकालेका हुन् ।Indian-Maoist

दिल्लीमा आयोजित माओवादी प्रभावित पूर्वोत्तर भारतका १० राज्यका सचिवहरुसँगको छलफलपछि सरकारले यस्तो निश्कर्ष निकालेको भारतीय सञ्चारमाध्यममा उल्लेख छ ।

तर, माओवादीसँग वार्ता नगरे पनि पूर्वोत्तर भारतमा उल्फा लगायतका अन्य पृथकतावादी सशस्त्र समूहसँग भने सम्वाद गर्न सकिने भारतीय अधिकारीहरुले बनाएको छन् ।

उता झारखण्डका मुख्य मन्त्रीसमेत रहेका बीजेपी नेता अर्जुन मुण्डाले भने सैनिक बलबाट मात्रै माओवादी समस्या समाधान गर्न नसकिने भन्दै विकास एवं राजनीतिक परिचालनको विस्तृत योजना चाहिने बताएका छन् । पूर्वोत्तर भारतमा ५० भन्दा बढी सशस्त्र विद्रोही एवं पृथकतावादीहरुले हिंसा मच्चाइरहेको बीबीसीका दिल्ली सम्वाददाता सलमान रावीले जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment