Comments Add Comment

त्रिवेणी विकास बैंकले पब्लिक र ब्राइटलार्इ गाभ्ने

१८ असार काठमाडौं । चितवनमा प्रधान कार्यालय रहेको त्रिवेणी विकास बैंकले पब्लिक डेभलपमेन्ट बैंक र ब्राइट डेभलपममेन्ट बैंकलाई गाभ्ने भएको छ । जनता बैंकसँग मर्जरको कुरा नमिले पछि त्रिवेणीले क्षेत्रीयस्तरका विकास बैंकलाई गाभेर राष्ट्रियस्तरको विकास बैंकमा स्तरोन्नति हुन लागेको हो ।

mergerतीन वटै बैंकबीच मंगलबार मर्जरको सैद्धान्तिक सहमति भएको छ । मर्जपछि बैंकको चुक्ता पुँजी ६६ करोड रुपैयाँ पुग्ने छ । आगामी ६ महिनात्रिमा एकीकृत कारोबार भइसक्ने त्रिवेणी विकास बैंकका अध्यक्ष भीमप्रसाद न्यौपानेले अनलाइनखबरलाई जानकारी दिए ।

मर्जपछि बैंकको नाम त्रिवेणी विकास बैंक नै हुने र त्रिवेणी विकास बैंककै अध्यक्ष रहने सहमति भएको छ । कार्यकारी प्रमुखका लागि भने तीनवटै विकास बैंकका कार्यकारी प्रमुखबीच प्रतिस्पर्धा गराएर एक जनालाई नियुक्त गरिने छ । पब्लिक र ब्राइटमा हाल पूर्णकालीन कार्यकारी प्रमुख अधिकृत छैनन् । जसकाण सीइओ पनि त्रिवेणीले नै पाउने संभावना देखिन्छ ।

जनता बैंकसँगको मर्जर टुंगियो

त्रिवेणी विकास बैंक जनता बैंकसँग गाभिन खोजेको थियो । ‘स्वाप रेसियो’मा कुरा नमिलेपछि मर्जर प्रक्रिया अवरुद्ध भएको न्यौपानेले बताए । जनता बैंकको बूक भ्यालू ९० र त्रिवेणीको १ सय २० थियो । तर, जनता बैंकले त्रिवेणीको भ्यालू ७० रुपैयाँ मान्ने हो भने मात्रै मर्ज हुन सक्ने बताएपछि यी दुई बैंकबीचको मर्जर टुंगिएको हो ।

मेगा मर्जर अभियान सञ्चालन गर्दै त्रिवेणी

त्रिवेणी विकास बैंकले मेगा मर्जर अभियान सञ्चालन गर्ने भएको छ । यो अभियान अन्तर्गत आगामी केही वर्षभित्रमा विभिन्न संस्थासँग मर्ज अभियान सञ्चालन गरी ३ अर्ब रुपैयाँ चुक्ता पुँजी बनाउने योजना रहेको त्रिवेणीका अध्यक्ष न्यौपानेले बताए । ‘बैंक तथा वित्तीय संस्थाको अहिलेको आवश्यकता भनेको क्षमता अभिवृद्धि हो, क्षमता बढाउन पुँजी वृद्धि गर्नै पर्छ’ उनले भने -त्यसैले हामीले मेगा मर्जरको अभियान सञ्चालन गर्ने योजना बनाएका हौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment