Comments Add Comment

वर्ल्डकप हेर्न जाने ४ जना विजेतालाई कोका-कोलाले गर्‍यो विदाई

Coca-Cola-2
१८ असार, काठमाडौं । कोका-कोला नेपालले ‘फिफा वर्ल्डकप चान्स टु फ्लाई टु ब्राजिल’ नामक क्याम्पेनका ४ जना भाग्यशाली विजेताहरु वर्ल्डकप हेर्न ब्राजिल जान पाउने भएका छन् । कम्पनीले मंगलबार राजधानीमा एक कार्यक्रमबीच उनीहरुलाई विदाई गरेको छ ।

पोखराका शंकर पौडेल, काठमाडौंका टेक बहादुर मल्ल र टंक बहादुर पाण्डे, झापाका डिल्ली राईले वल्र्ड कपको क्वाटर फाइनल खेल ब्राजिलमा लाइभ हेर्ने मौका पाएका हुन् । चार जना विजेतासँग कोका-कोलाका क्षेत्रीय सेल्स प्रबन्धक अरुण दत्ता पनि सहभागी रहेका छन् ।

विदाई कार्यक्रममा बोटलर्स नेपाल कोका-कोला सब्कोका प्रबन्ध निर्देशक सल्मान लतिफ राँ र कोका-कोलाका लागि नेपाल र भुटानका कन्ट्रि म्यानेजर आलोक कोहलीको उपस्थिती रहेको थियो ।

‘फुटबल सबैको खेल हो र कोका-कोला सबैको डि्रङक । हामीले नेपालीहरुको फुटबल प्रतिको जोश र प्रतिबद्धतालाई अधि बढाउनका लागि फिफा वर्ल्डकप चान्स टु फल्ई टु ब्राजिल क्याम्पेनको शुरुवात गरेका हौं, यसै क्याम्पेनको माध्यमबाट अब विजेताहरुले फुटबल ब्राजिलमा लाइभ हेर्नेछन् । फुटबल मार्फत ग्राहकहरुलाई खुसी बाँड्न सकेकोमा हामी निकै खुसी छौं’ कोका-कोलाका लागि नेपाल र भुटानका कन्टि्र म्यानेजर आलोक कोहलीले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment