Comments Add Comment

बार्सिलोनाको स्वरेज मोहः लिभरपुलसँग वार्ता गर्दै

१८ असार, काठमाडौं । स्पेनिस क्लब बार्सिलोनाले स्ट्राइकर लुइस स्वरेजलाई भित्र्याउने लिभरपुलसँग वार्ता सुरु गर्दैछ । दुबै क्लबका अधिकारीहरु लण्डनमा भेट्दैछन् ।

२७ वर्षीय स्ट्राइकर स्वरेजको लिभरपुलसँग चार वर्षे सम्झौता बाँकी छ । तर, बार्सिलोनाले ६० मिलियन पाउण्डमा उनलाई भित्र्याउने संकेत दिएको छ र विंगर एलेक्स सान्चेज लिभरपुल जान सक्नेछन् । यद्यपि बार्सिलोनाले सान्चेजलाई स्वरेजसँगको डिलको हिस्सा बनाउने-नबनाउने प्रष्ट छैन ।

इटलीका जर्जियो चेलिनीलाई टोकेकोमा स्वरेजले सोमबार माफी मागेका थिए । जसलाई बार्सिलोनाका फुटबल डाइरेक्टरले स्वरेजमो माफी मागेर आफू शिष्ट रहेको प्रष्ट पारेको बताएका छन् ।

विश्वकपको समूह चरणमा जर्जियोलाई टोकेपछि फिफाले उरुग्वेका स्टार स्ट्राइकर स्वरेजमाथि ९ अन्तराष्ट्रिय खेलसहित चार महिनासम्म फुटबलका कुनै पनि गतिविधिमा संलग्न हुन प्रतिवन्ध लगाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment