Comments Add Comment

आखिर नयाँ हिरोइनलाई लगानी किन गर्दैछन् ‘प्लेब्वाई’ सविन ?

sabin-shrestha

शारीरिक रुपमा आकर्षक नायक सविन श्रेष्ठ अब आफै चलचित्रको निर्माता बन्दैछन् । ‘अन्दाज’ चलचित्रबाट सिने नगरीमा आएका सविनले चर्चा पनि पाइरहेका छन् । उसो त उनलाई सिने नगरीको ‘प्लेब्वाई’ भन्नेहरुको पनि कमी छैन । तर सविन आफू जुनसुकै यूवती र नायिकासँग पनि मिठो बोल्ने भएकाले यस्तो आरोप लागेको बताउँछन् ।

सविनले एक अनटाइटल प्रोजेक्टको निर्माण गर्न लागेका हुन् । चलचित्रमा सविनका मलेसियामा बस्दै आएका साथीले पनि लगानी गर्नेछन् । चलचित्रलाई पूर्णतया एक्सनप्रधान बनाउने तयारी उनको छ । शिवम् अधिकारीले पटकथा तथा संवाद लेखिरहेका छन् । चलचित्रका लागि एक नयाँ नायिका राख्ने तयारी उनले गरेका छन् । चलचित्रको नाम, पात्र र निर्देशकको बारेमा चाडै नै जानकारी गराउने उनको भनाई छ ।

पूर्णतया व्यवसायिक चलचित्रमा बजारमा चाडै चल्ने गीत र एक्सनले प्राथमिकता पाउँनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment