Comments Add Comment

खाद्य सङ्कट हुन थालेपछि खाद्य डिपो सिफारिस

१८ असार, दार्चुला । दार्चुलाको पिलचौरी गाविसको भाडीमा खाद्य डिपो स्थापना गर्न नेपाल खाद्य संस्थान क्षेत्रीय कार्यालय कैलालीलाई सिफारिस गरिएको छ ।

सुनसेरा गाविसमा रहेको खाद्य डिपोबाट जिल्लाका उत्तरी क्षेत्रका गाविसमा खाद्यान्न आपूर्ति गर्न समस्या हुने भएकाले पिपलचौरीमा खाद्य डिपो स्थापना गर्न स्थानीय बासिन्दाले माग गरेका हुन् ।स्थानीयवासीको मागपछि सोमबार बसेको जिल्ला दैविप्रकोप उद्धार समितिको बैठकले पिपलचौरीमा खाद्य डिपो स्थापना गर्न सिफारिस गरेको हो ।

जिल्लाका उत्तरी क्षेत्रमा रहेका गाविसहरु बाढी, पहिरो तथा भूकम्पको उच्च जोखिममा रहेकाले खाद्यान्न ढुवानी गर्न समस्या हुने गरेको छ । भाडीमा खाद्य डिपो सञ्चालन भए दुहु क्षेत्रका हुती, पिपलचौरी, हिकिला, धारी र ब्रहृमदेव गाविसका स्थानीयवासीलाई राहत पुग्ने स्थानीइ मानबहादुर बमले बताए ।

जमिन नपाउँदा ७० लाख फ्रिज

दार्चुलाका तीनवटा सरकारी कार्यालयको पुनःस्थापनाका लागि निकासा भएको ७० लाख रुपैयाँ फ्रिज गएको छ । गएको वर्ष असारमा महाकाली नदीमा आएको विनासकारी बाढीका कारण विस्थापित भएका जिल्ला वन, भू-संरक्षण र अपिनाम्पा संरक्षण क्षेत्रको कार्यालय पुनःस्थापना गर्न निकासा भएको सो रकम फ्रिज गएको हो ।

कार्यालय पुनःस्थापना गर्न जिल्ला सदरमुकाम खलङ्गामा आवश्यक पर्ने जमिन उपलब्ध नभएपछि रकम फ्रिज गएको जिल्ला वन अधिकृत चन्द्रदेवलाल कर्णले बताए । चार महिनासम्म लगातार जमिन खोज्दासमेत आवश्यक जमिन उपलब्ध नभएको र खलङ्गामा भेटिएको केही जमिनको मूल्य चर्को भएकाले कार्यालय पुनःस्थापनाको कार्य अघि बढ्न नसकेको उनको भनाइ छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment