Comments Add Comment

झलनाथले सल्लाह गर्नुछ भनेपछि माधव नेपालको प्यानल घोषणा भएन

१८ असार, काठमाडौं । नेकपा एमालेका अध्यक्षका प्रत्यासी माधवकुमार नेपालको प्यानल घोषणा हुन सकेन । नवौं महाधिवेशन उद्घाटनको एक दिनअघि राजधानीमा भएको विशेष भेलामा नेपाल समूहको प्यानल घोषणा गर्ने कार्यक्रम थियो ।

‘आजै टिम घोषणा गर्ने योजना थियो’ अध्यक्षका प्रत्यासी नेपालले भने-‘मैले अध्यक्षसँग कुरा गरेँ । उहाँ अझै केही सल्लाह गर्नुछ भन्नु भयो ।’ अध्यक्ष झलनाथ खनालको समर्थन आफूलाई रहेको भन्दै उनले भने-‘अरु कसैले अध्यक्षको समर्थन हामीलाई छ भन्ने गरेका छन् । यो केवल गफाडीको गफ मात्र हो ।’

नेपाल निकट स्रोतका अनुसार उनको टिमबाट उपाध्यक्षमा युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, भीम रावल र लालबाबु पण्डितको नाम टुंगो लागेको छ ।

चारै जनाको नाम नेपालले नै प्रस्ताव गरेका हुन् । अर्को एक उपाध्यक्षमा अध्यक्ष झलनाथ खनालसँग सल्लाह गरेर मात्र टुंगो लगाउने सहमति भएको छ । नेपालले अर्को उपाध्यक्षका लागि बेदुराम भुषालको नाम अघि सारेका छन् ।

खनालको समर्थन लिनका लागि उनीसँग सल्लाह गरेरमात्र पदाधिकारीको पूरै नाम टुंगो लगाउन खोजिएको छ । महासचिवमा सुरेन्द्र पाण्डे र उपमहासचिवमा रघुजी पन्त र गोकर्ण बिष्टको सम्भावना छ ।

सचिवमा घनश्याम भुषाल, योगेश भट्टराई निश्चित भए पनि अरुको नाममा अझै सहमति भएको छैन । आकांक्षी धेरै भएका कारण मिलाउन नसकिएको एक नेताले बताए । प्रकाश ज्वाला, पशुपति चौलागाई, नागेन्द्र चौधरी, राजेन्द्र पाण्डे, पशुपति चौलागाई,भीम आचार्य मध्येबाट बाँकी ३ सचिव छानिने स्रोतले जनाएको छ ।

उपाध्यक्ष र उपमहासचिव बढि

माधव नेपाल र केपी ओली दुवै पक्ष २ उपाध्यक्ष र दुवै उपमहासचिव अनावश्यक रहेको निष्कर्षमा पुग्न लागेका छन् । सचिवमा ३ जना थपेर यसअघिकै संरचना अनुसार ३ उपाध्यक्ष कायम गर्नुपर्ने पक्षमा दुवै समूहमा छलफल भइरहेको छ । बिधानको संशोधित व्यवस्था अनुसार ५ उपाध्यक्ष, २ उपमहासचिव र ५ सचिव हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment