Comments Add Comment

माओवादी र मधेसवादी दलले नीति तथा कार्यक्रमको विपक्षमा मतदान गर्ने

१८ असार, काठमाडौं । एकीकृत नेकपा माओवादी र मधेसवादी दलहरुले सरकारको नीति तथा कार्यक्रमको विपक्षमा मतदान गर्ने भएका छन् । नीति तथा कार्यक्रम पारित गर्न बुधबार संसदमा मतदान हुादैछ ।

प्रमुख विपक्षी माओवादी र मधेसवादी दलहरुबीच भएको छलफलमा विपक्षमा मतदान गर्ने सहमति भएको नेताहरुले बताएका छन् । विपक्षीले समर्थन नगरेपनि पारित गर्न कांग्रेस-एमाले गठवन्धनसाग आवश्यक बहुमत छ ।

अहिले संसदमा छलफल चलिरहेको छ । सभासदहरुले बोल्ने क्रम सकिएपछि कार्यबाहक प्रधानमन्त्री वामदेव गौतमले जवाफ दिने कार्यक्रम छ ।

राष्ट्रपति डा. रामवरण यादवले आइतबार संसदमा नीति तथा कार्यक्रम पेश गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment