Comments Add Comment

केपी ओलीको पक्षमा ५२ जिल्ला अध्यक्षको हस्ताक्षर

१८ असार, काठमाडौं । नवौं महाधिवेशनको अघिल्लो दिन नेकपा एमालेका ५२ जिल्ला अध्यक्षले अध्यक्षका प्रत्याशी केपी शर्मा ओलीको समर्थनमा हस्ताक्षर गरेका छन् । अध्यक्षका प्रत्यासी माधवकुमार नेपाल र केपी शर्मा ओली दुबै पक्षले आफ्नो पक्षमा बहुमत भएको दावी गर्दै आएका छन् ।

ओली पक्षीय नेताहरुले बुधबार राजधानीमा भेला गरी ५२ जिल्ला अध्यक्षको हस्ताक्षर संकलन गरेका छन् । एमालेमा भूगोलसहित १०९ जिल्ला अध्यक्ष छन् । पत्रकार सम्मेलनमा ओली पक्षीय पोलिट्ब्यूरो सदस्य प्रदीप ज्ञवालीले नेपाल समूहले तथ्यांकका नाममा मित्यांक प्रस्तुत गरेको भन्दै अधिकांश जिल्ला अध्यक्षको समर्थन ओलीलाई रहेको दावी गरे ।

५२ जनाको हस्ताक्षर सार्वजनिक गरिए पनि ४९ वटा जिल्ला अध्यक्ष उपस्थित थिए । धनुषा, ललितपुर र सर्लाहीका अध्यक्ष भने कार्यक्रम उपस्थित थिएनन् ।

यसअघि कतै नखुलेकी स्याङ्जाकी जिल्ला अध्यक्ष पद्यमा अर्यालले केपी ओलीलाई अध्यक्ष बनाउनुपर्ने भन्दै मन्तव्य राखिन् । कार्यकर्ताले नेताहरुबीच एकता खोजेको बताउँदै अर्यालले त्यसका लागि केपी ओली नै अध्यक्षका लागि उपयुक्त हुने बताइन् । बैतडीका अध्यक्ष दामोदर भण्डारी केपी ओलीलाई सघाउने समूहको प्रतिवद्दता बाचन गर्दै नेतृत्व हस्तान्तरणका लागि पनि ओली अध्यक्ष हुनुपर्ने तर्क गरे ।

माधव नेपाल पक्षको भनिएका रुपन्देहीका अध्यक्ष भोजप्रसाद श्रेष्ठ पनि उपस्थित भए हस्ताक्षर गरेका छन् । ‘म भेलामा गएको हुँ, म कसैको पक्षमा लागेको छैन’ अध्यक्ष श्रेष्ठले अनलाइनखबरसँग भने, ‘म केपी ओली र माधव नेपाल दुबैको मान्छे हो, मसहित केही जिल्ला अध्यक्षले सर्वसम्मत नेतृत्वका चयन गर्न दबाब दिइरहेका छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment