Comments Add Comment

वामदेवलाई सुरासुन्दरीसँग जोड्नेहरुको गठबन्धन अपवित्र : कृष्णगोपाल

१८ असार, काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य कृष्णगोपाल श्रेष्ठले केपी ओली र वामदेव गौतमको सहकार्यलाई ‘अपवित्र गठबन्धन’को संज्ञा दिएका छन् । केपी ओली विरामी भएकाले उनलाई सर्वोच्च र सम्मानित नेताको स्थानमा राखेर माधव नेपाललाई अध्यक्ष बनाउनुपर्ने श्रेष्ठले बताएका छन् ।

krishna-gopal-shresthaकाठमाडौंको राष्ट्रिय प्रज्ञा प्रतिष्ठानमा बुधबार अपरान्ह आयोजित माधव नेपाल पक्षको विशेष भेलामा बोल्दै नेता श्रेष्ठले एमालेको अबको गतिशील, सक्षम र क्रियाशील नेतृत्व भनेको माधवकुमार नेपाल नै रहेको बताए ।

नेता श्रेष्ठले वामदेव गौतमलाई सुरा सुन्दरीसँग जोडेर लेख लेख्ने ईश्वर पोखरेल र वामदेवलाई एक नम्बरको भ्रष्टाचारी घोषणा गर्ने प्रदीप नेपाललाई आफूले सम्मान गर्ने भए पनि उनीहरुको गठबन्धन अपवित्र रहेको बताए ।

‘वामदेवको सन्दर्भमा सुरा-सुन्दरीको लेख लेख्ने ईश्वर पोखरेल, वामदेवलाई देशकै भ्रष्ट भन्ने प्रदीप नेपाल अनि माओवादीप्रतिको एउटा क्षोरको दृष्टिकोण राख्ने केपी ओली र अर्को क्षोरको दृष्टिकोण राख्ने वामदेव वीचको गठबन्धन के हो ? नेता श्रेष्ठले भने- ‘एक नम्बरको भ्रष्टाचारी भन्नेको आफैं सल्लाहकार बन्ने, यो कस्तो गठबन्धन हो ? यो अपवित्र गठबन्धन हो ।’

विगतमा केपी ओलीको पक्षमा रहेर हाल माधव नेपालतर्फ लागेका श्रेष्ठले भने- ‘केपीको स्वास्थ्यको बारेमा हामी चिन्तित छौं । उहाँलाई उच्च स्थानको सीट व्यवस्थापन गरेर सुझाव र सल्लाह लिनुपर्छ र सर्वोच्च नेताको रुपमा राख्नुपर्छ । उहाँलाई जति हामी लतार्छौ, उति अप्ठ्यारो पर्ने अवस्था छ ।’

माधव नेपाल, केपी ओली र झलनाथ खनालविनाको एमाले सम्भव नभएको भन्दै नेता श्रेष्ठले कसैले कसैलाई नहोच्याई सबैले मिलेर अगाडि बढ्नुपर्ने श्रेष्ठले बताएका छन् ।

‘असार २५ पछि माधव कामरेडको नेतृत्वमा सबैलाई लिएर अघि बढ्छौं । कसैले चित्त दुखाउन जरुरी छैन । उच्च र सम्मानित नेताहरुलाई सम्मानित ठाउँमा राख्नुपपर्छ । सेन्टिमेन्टल कुरा गर्नु पनि हुँदैन ।’

काठमाडौं २ को उपनिर्वाचनमा आफूले हारेका नभई नेकपा एमालेले हारेको श्रेष्ठले बताए । ‘कृष्णगोपाल हारेन, नेकपा एमाले हार्यो । कसैले काखी बजाउन जरुरत छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment