Comments Add Comment

रेखाको आलोचनामा विल्सनको जवाफ-‘ चिन्नुभएकोमा धन्यवाद’ !

wilson-bikram-rai

‘राष्ट्रिय चलचित्र पुरस्कार’ प्राप्त गरेपछि कलाकार विल्सन विक्रम राइलाई धेरैले बधाई दिए । नायक राजेश हमालले समेत विल्सनलाई बधाई दिएका छन् । तर नायिका रेखा थापाले भने विल्सनले ‘राष्ट्रिय पुरस्कार’ प्राप्त गर्ने बेला नै भएको छैन भन्दै आलोचना गरिन् । ‘विल्सन ‘रिदम’का अभिनेता होइनन्, यसका नायक जीवन लुइटेल हुन्, यसैले उनले यो अवार्ड पाउने बेला भएकै छैन’, रेखाले अनलाइनखबरसँग भनेकी थिइन् ।

यस बिषयमा विल्सनले आफ्नो मुख खोलेका छन् । उनले भने-‘सबैको आ-आफ्नो वुझाई मात्र हो । पैसा लगानी गर्दैमा पाइने र नगर्नेले नपाउने भन्ने होइन । मैले राजेश हमालसँग ‘साथी’ भन्ने सिनेमामा बाल-कलाकारको रुपमा काम गरेको छु ।’ विल्सनले गणतन्त्र नेपालमा जे पनि बोल्न पाइने भन्दै रेखाको कुराले आफूलाई केही फरक नपरेको बताए । रेखा आफू भन्दा धेरै वुझेको मान्छे भन्दै ‘तक्मे बुढा’को नामले परिचित विल्सनले उहाँले वुझेरै बोल्नु भएको होला भने ।

उनले आफूलाई रेखा थापाले चिनेकोमा खुशी लागेको समेत बताए । विल्सनले भने,-‘रेखा थापा जस्तो ठूलो कलाकारले म जस्तो सानो कलाकारलाई चिन्नु हुँदोरहेछ, मलाई खुशी लाग्यो । यसैले उहाँले मेरो नाम दोहोर्‍याएरै लिनुभयो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment