Comments Add Comment

चिनियाँ राष्ट्रपति सी जिनपिंग सोलमा

१९ असार, सोल । चिनियाँ राष्ट्रपति सी जिनपिंग बिहीबार दक्षिण कोरियाको राजधानी सोल पुगेका छन् । उनी दुई दिन औपचारिक भ्रमणका क्रममा सोल पुगेका हुन् ।

गत वर्षदेखि उनले चीनको राष्ट्रपति पद सम्हालेयता एसियाली छिमेकी राष्ट्रको यो नै पहिलो भ्रमण हो । भ्रमणका क्रममा राष्ट्रपति सीले दक्षिण कोरियाली समकक्षी पार्क गेउन हाइसँग भेटवार्ता गर्नेछन् । भेटवार्तामा उत्तरकोरियाको आणविक मुद्दालगायत कोरियाली प्रायद्वीपको हालका अवस्थासँग सम्बन्धित दुई देशबीचको सहकार्यको विषयमा छलफल हुने बताइएको छ ।

दक्षिण कोरियाली राष्ट्रपति पार्कले गत वर्षको जुनमा बेइजिङ भ्रमण गर्नुभएको थियो । त्यसैगरी राष्ट्रपति सिले राष्ट्रियसभाका सभामुख चुङ उई र प्रधानमन्त्री चुङ्ग होङ्ग वनसँग पनि भेटवार्ता गर्नेछ ।

यस्तै सोल स्थानीय विश्वविद्यालयमा सम्बोधन गर्नुका साथै चीन र दक्षिण कोरियाको द्विपक्षीय हितका लागि आयोजित आर्थिक र वाणिज्य क्षेत्रको बैठकमा पनि उपस्थित हुनुहुनेछ । रासस/सिन्हृवा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment