Comments Add Comment

सिरियामा जिहादीले सबै प्रमुख तेल क्षेत्र नियन्त्रणमा लिए

२० असार, बेरुत । जिहादी ‘इस्लामी स्टेट’ ले हाल सिरियाका सबै प्रमुख तेल तथा ग्यास क्षेत्र आफ्नो नियन्त्रणमा लिएको सिरियन अब्जरभेटरी फर हृयुमन राइट्सले जनाएको छ । तेल तथा ग्यास क्षेत्र दिर एजर प्रान्तमा पर्ने र इराकको नजिकै रहेको बताइएको छ ।

आईएसले सिरिया तथा इराकमा नियन्त्रणमा लिएको क्षेत्रलाई ‘इस्लामी क्यालिफेट’ को नाम दिएको छ । यहाँ यस समूहले सरकारी सेनामाथि आक्रमण विस्तार गरिरहेको छ । बिहीबार प्रतिद्वन्द्वी विद्रोही हटेपछि दिर एजोरको पूर्वी भागमा अवस्थित सियतात मरुभूमिमा रहेको तनक तेल क्षेत्रलाई आईएसले नियन्त्रणमा लिएको अब्जरभेटरीले उल्लेख गरेको छ ।

अब्जरभेटरीका निर्देशक रामी अब्देल रहमानले यस समूहले प्रति दिन २०० ब्यारल तेल उत्पादन गर्ने सानो अल-वार्ड तेल क्षेत्रलाई आफ्नो नियन्त्रणमा नलिएको बताए । उक्त तेल क्षेत्र अझै स्थानीय आदिवासी समूदायको नियन्त्रणमा रहेको छ । अल-कायदाको अल-नुस्र प|mन्ट तथा अन्य सिरियाली विद्रोही समूह फिर्ता गएपछि आईएसले तनक तथा अल-ओमारलाई आफ्नो नियन्त्रणमा लिएको बताइको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment