Comments Add Comment

महिला बास्केटबलको उपाधि प्राइमलाई

२० असार, काठमाडौं । प्राइम कलेज दोश्रो मोर्गन कप पुरुष तथा महिला खुला बास्केटबल प्रतियोगताको महिलातर्फ शुक्रबार च्याम्पियन बनेको छ ।

प्रतियोगिताको मुख्य प्रायोजक बसुन्धारास्थित मोर्गन इन्टरनेसनल कलेजको कोर्टमा भएको फाइनलमा प्राइमले गोल्डेनगेटलाई ४०-२५ ले पराजित गर्‍यो । प्राइमको जितमा शान्ति श्रेष्ठले ११ अंक योगदान गरिन् ।

गोल्डेनगेटले पहिलो क्वाटरमा १५-८ को अग्रता लिएको थियो । बाँकी क्वाटरमा त्यही लयलाई कायम राख्न नसकेपछि गोल्डेनगेट उपाधिबाट वण्चित हुन पर्‍यो । बाँकी तीन क्वाटरमा गोल्डेनगेटले दोहोरो अंक पनि बनाउन सकेन । प्राइमले दोश्रोमा १२-२, तेश्रोमा ९-४ र चौथोमा ११-४ अंक जोड्दै उपाधि सुनिश्चित गर्‍यो ।

अघिल्लो दिन शुक्रबार भएको पुरुष उपाधि भिडन्तमा पनि गोल्डेनगेट गुरुकुलसंग ८३-५९ ले चुकेको थियो । उपाधिसंगै प्राइमले २५ हजार नगद पुरस्कार प्राप्त गर्‍यो । गोल्डेनगेटले १५ हजारमा चित्त बुझायो । नेपाल बास्केटबल संघद्वारा आयोजित प्रतियोगितामा प्राइमकी स्नेहा श्रेष्ठ ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भइन् । त्यसवापत स्नेहाले १० हजार नगद पुरस्कार हात पारिन् ।

असार ११ गतेदेखि सुरु प्रतियोगिताको पुरुषमा ८ र महिलामा ६ टिम सहभागी थिए । खेलहरु त्रिपुरेश्वरस्थित राखेपको कभर्डहल र मोर्गनमा भएका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment