Comments Add Comment

ब्राजिल विश्वकपको सेमिफाइनलमा, कोलम्बिया पराजित

David-luiz-final

२१ असार, काठमाडौं । कोलम्बियालाई पराजित गर्दै ब्राजिल विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार विहान भएको खेलमा ब्राजिलले कोलम्बियालाई २-१ गोल अन्तरले पराजित गर्‍यो । अब सेमिफाइनलमा घरेलु टोली र जर्मनी भिड्नेछन् । जर्मनी फ्रान्सलाई पराजित गर्दै अन्तिम चारमा पुगिसकेको छ ।

पहेँलो टिसर्ट लगाएका घरेलु दर्शकले भरिएको फोर्टाजेला रंगशालामा भएको खेलमा ब्राजिलले सातौं मिनेटमा अग्रता लिएको थियो । नेयामारको कर्नर बललाई कप्तान थिएगो शिल्भाले घुँडाले हानेर गोल गरेका थिए । यो २००६ मा रोनाल्डोले घानाविरुद्ध पााचौ मिनेटमा गरेको गोलपछि विश्वकपमा ब्राजिलले गरेको छिटो गोल हो ।

विश्वकपबाटै उदाएका जेम्स रोड्रिग्वेजको प्रेरणामा रहेको कोलम्बियाले पहिलो हाफमा घरेलु टोलीविरुद्ध उल्लेख प्रदर्शन गर्न सकेन ।

james

६८ औं मिनेटमा डेभिड लुइजले फ्रिकिकमा उत्कृष्ट गोल गर्दै घरेलु टोलीको अग्रता दोब्बर पारे । दोस्रो हाफमा सुधारिएको प्रदर्शन गरेको कोलम्बियाविरुद्ध यो नै ब्राजिलको पहिलो पोष्ट चार्ज थियो ।

खेलको ८० औं मिनेटमा ब्राजिलका गोलरक्षकले बल नियन्त्रणमा लिने क्रममा विपक्षी खेलाडीलाई लडाए । जसका कारण उनले पहेँलो कार्ड पाए भने रेफ्रीले कोलम्बियालाई पेनाल्टीको अबसर दियो । जसमा जेम्स रोड्रिग्वेजले गोल गरे । विश्वकपमा उनको यो छैटौं गोल हो र उनी गोलकर्ताको सूचीमा शीर्ष स्थानमा छ ।

खेल सकिन केही मिनेट मात्र बाँकी छँदा कोलम्बियाका हुआन जुनिगाले नेयमारलाई निकै खराव फल गरे । जुनिगाले पछाडिबाट ढाडमा हानपछि बल नियन्त्रणको प्रयासमा रहेका नेयमार घाइते भएर मैदानबाट बाहिरिए । उनको ढाडको हड्डी भाँचिएको छ र उनले विश्वकपका बाँकी खेलहरु गुमाउने भएका छन् ।

Neymar

खेलमा थप गोल हुन सकेन र घरेलु टोली २-१ को जितका अन्तिम चारमा पुगेको छ । ब्राजिलले घरेलु मैदानमा पछिल्ला ४१ खेलमा हार व्यहोर्नु परेको छैन ।

तर, ब्राजिल र कोलम्बियाबीचको खेललाई विश्वकपको निकै खराव खेलहरु मध्येको एकका रुपमा लिएको छ । ९० मिनेटको खेलमा ब्राजिलले ३१ फल गरेको छ भने कोलम्बियाले २३ फल गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment