Comments Add Comment

साझा ब्वायफ्रेण्ड पाए जिउ जोडिएका गंगा-जमुनाले

ganga-jamuna-1

गंगा र जमुना मण्डल जिउ जोडिएका जुम्ल्याहा । उनीहरुका ४ हात, ३ खुट्टा, एक पेट तथा दुइ छुट्टै मुटु छन् । जिउ जोडिएका जुम्ल्याहाका मुटु दुइटा भएर के भो ? उनीहरुले आखिर एउटै पुरुषलाई मन पराए, प्रेममा परे ।

भारतको कलकत्ताका यी जुम्ल्याहा महिला ४५ वर्षका भए र उनीहरु स्पाइडर सिस्टरका नामले चिनिन्छन् । उनीहरुको त्यस्तो शारीरिक अवस्थाका कारण वर्षौँसम्म उनीहरुले आफुलाई माया गर्ने भेट्टाएनन् र तिरस्कृत भए । तर अहिले भने उनीहरु खुसी छन् । किनकी उनीहरुले एक प्रेमी भेट्टाएका छन् । दयालु मुटु भएका शिक्षक जसिमुद्दिन अहमदसँगको जम्काभेटले उनीहरुको जिन्दगीमा बहार ल्याइदियो ।

गंगाका अनुसार पहिलो चोटि देख्दा नै उनीहरुको अहमदसँग लभ पर्यो । ‘जब हामीहरुले उसलाई भेट्यौँ, लाग्यो यो नै हामीलाई साँचो माया गर्ने मान्छे हो । साँच्चीकै उसले हामीलाई मुटुबाटै गहिरो माया गर्छ पनि ।’

गरीब परिवारमा जन्मिएका गंगा जमुनाको परिवार गरीब भएकै कारण र अन्धविश्वासका कारण उनीहरुले उपचार पाएनन् र शल्यक्रिया हुन सकेन । परिवारको खर्चको जोहो गर्न उनीहरु सर्कसमा भर्ति भए र राम्रो कमाइ पनि गर्न थाले । सर्कसमै साउण्ड इन्जिनियरको पार्ट टाइम जागिर गर्ने ३६ वर्षको अहमदसँग भेटेर कुरा गर्दा उनीहरु छक्क परे । उसको भावना उनीहरुसँग मिल्यो ।ganga-jamuna-2

अहमदका अनुसार गंगा जमुनालाई भेट्दा नै आफुलाई उनीहरुको दुखा आफ्नो दुख जस्तो लागेको थियो । अहिले आफु हरेक रात गंगा जमुनासँगै बस्ने । सँगै खाना खाने र जिन्दगीका बारेमा घण्टौ कुरा गर्ने, खुसी र दुख साटासट गर्ने बताउँछन् उनी । गीत सुन्दै, मीठा कुरा गर्दै कहिलेकाहीँ विहानको ४ सम्म बजेको अनुभव छ उनको ।

गंगाका अनुसार अहमदको सबैभन्दा राम्रो कुरा उनमा सेन्स अफ ह्युमर छ, र निकै दयालु भावना छ । त्यसैले होला जुम्ल्याहाले प्रेमीको नाम मिस्टर इण्डिया राखेका छन् । पछिल्लो ७ महिनादेखि यी ३ जना कोलकत्ता नजिकैको एक घरमा बसेका छन् ।

अहमदले एउटा स्थानीय विद्यालयमा काम गर्छन् र साँझमा जुम्ल्याहा प्रेमिकालाई विभिन्न खाले प्रदर्शनी र कार्यक्रममा लैजानका लागि गाडि चलाउँछन् ।

गंगा, जमुना र अहमदबीच गहिरो प्रेम छ । तर समाजनले नस्विकार्ने हुनाले उनीहरुले विवाह गर्ने योजना भने बनाएका छैनन् । अहमदले आफुहरुलाई सधै साथ दिने आशा छ जमुनाको । अहमदले छाडेभने आफुहरु सधैझैँ बेसहारा बन्ने उनीहरु । एजेन्सीको सहयोगमा

Conjoined-twins 2

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment