Comments Add Comment

बियर पिउनुका पाँच फाइदा

यद्यपि वियर पनि एक प्रकारको मद्यपान नै हो र मद्यमानलाई स्वास्थ्यका लागि हानिकारक नै मानिन्छ । तर पोषण विज्ञहरुले भने वियरको सन्तुलित मात्रा स्वास्थ्यका लागि लाभदायक हुने बताएका छन् । विज्ञहरुका अनुसार दैनिक ३ सय ५५ मिलिलिटर सम्म वियर सेवन गर्नु स्वास्थ्यका लागि फाइदाजनक हुन्छ ।

beer

वियर विभिन्न खाले सुक्ष्म पोषक तत्वको राम्रो श्रोत हो । यसमा फोलेट, भिटामिन बी ६, नियासिन, प्यान्टोथेनिक एसिड तथा राइबोफ्लाभिन जस्ता पौष्टिक तत्व पाइन्छ । यसमा मध्यमस्तरमा फाइबर तथा प्रोटिन समेत पाइन्छ ।

वियरको सेवनले हड्डी मजबुत पार्न सहयोग गर्छ । यसमा सिलिकन तत्व पाइन्छ जसले हड्डीमा लवण तत्वको घनत्व वृद्धि गर्दै हाडलाई टुट्नबाट जोगाउँछ । जौँ बाट बनेकेा वियर हड्डीको लागि सबैभन्दा उपयुक्त पाइन्छ ।

वियरले रक्तनलीमा रगत जम्ने समस्यालाई समेत रोक्छ । यसले सरीरको लिपिड तथा फिबि्रनोजिन जस्तोे रक्तप्रवाह सँग सम्बन्धित प्रोटिनमा सकारात्मक प्रभाव पार्छ ।

बियरको सेवनले मुटुरोगको जोखिम समेत कम गराउँछ । उखानै छ, दिनको एउटा वियरले मुटुको डाक्टरलाई टाढा राख्छ । वियरको नियमित सेवनले रगतमा एचडीएल अर्थात् असल कोलेस्टेरोलको मात्रा बढाउने तथा एलडिएल अर्थात् खराब कोलेस्टेरोलको मात्रा घटाउने सन् २०११ मा अमेरिकामा भएको एक अनुसन्धानले देखाएको थियो । अमेरिकाको हार्वाड विश्वविद्यालयका शोधकर्ताहरुका अनुसार वियरको नियमित तथा सन्तुलित सेवनले रक्तनलीको रोगव्याधीको जोखिम समेत कम गर्छ ।

वियरको सेवनले मृगौलामा पत्थरीको जोखिम पनि कम गर्छ । वियरमा पानीको मात्रा धेरै हुने र यसले मुत्रप्रणालीमा पार्ने प्रभावका कारण यस्तो हुने मत अनुसन्धानकर्ताहरुको छ । यसमा हुने यौगिकले हड्डीबाट क्याल्सियम निस्कने दर घटाउँछ । त्यस्तो क्याल्सियम मृगौलामा पत्थरी बनाउन काम गर्छ ।

श्रोत : केयर टू डक कम

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment