Comments Add Comment

जिन्दगीमा पुग्नैपर्ने विश्व-सहरमा काठमाडौं पनि (फोटोफिचर सहित)

Buddhanath

जिवनमा संसार घुम्ने चाहना सबैको हुन्छ । तर चाहेर पनि पृथ्वीका सबै ठाउँमा पुग्न असम्भव हुन्छ । विश्वका सबै देशका सबै सहरमा पुग्न असम्भव र उतिसारो आवश्यक नभएपनि केही त्यस्ता ठाउँ हुन्छन् जहाँ मौका मिलेमा पुगिहालेमा धन्य भएजस्तो लाग्छ । आखिर त्यस्ता पुग्नैपर्ने र देख्नैपर्ने सहरहरु कुन-कुन होलान् त ? के नेपालका सहरहरु पनि विश्वका मानिसहरुले एकपटक पुग्नैपर्ने खालका सहरको कोटीमा पर्लान् ?

यद्यपि विश्वका सुन्दर, सुलभ, मनमोहक, ऐतिहासिक तथा एकचोटी देख्नैपर्ने सहरहरुको मापदण्ड सबैले फरक फरक तय गर्लान् र एउटाको मापदण्डमा परेका सहर अर्कोको रोजाइमा नपर्लान् । तर विश्वको चर्चित समाचार साइट हफिण्टन पोष्टले सूचिकृत गरेका विश्वका ५० वटा पुग्नैपर्ने सहरको सूचिमा नेपालको राजधानी सहर २१ औँ स्थानमा परेको छ । भ्रमण सम्बन्धि एक साइटलाई उधृत गर्दै अनलाइनले यस्तो सूचि तयार प्रकाशन गरेको हो ।

‘विश्वका उत्कृष्ट ५० सहर, जो तपाइँको जिवनकालमा हेर्नैपर्छ’ शीर्षकमा उक्त अनलाइनले सूचिकृत गरेका सहरमध्ये काठमाण्डौ उत्कृष्ट २५ भित्र पर्न सफल भएको हो । काठमाडौंबारे वर्णत गर्दै अनलाइनले आफ्नो संस्करणमा लेखेको छ ‘काठमाडौं विशेषतः विशाल हिमालयको प्रवेश द्वार हो । साधु, वस्त्रधारी भिक्षुहरु तथा विशिष्ट ध्वजापतकाले सुसज्जित काठमाडौं सहर पृथ्वीको सबैभन्दा रंगीन सहरमध्ये एक हो ।’

जिवनमा पुग्नैपर्ने विश्वका ५० सहरको सूचिमा पहिलो नम्बरमा इटालीको भेनिस परेको छ । अन्य सहरहरुको नाम र क्रमसंख्या यसप्रकार छ :

2014-07-03-VeniceJesusLopez.jpg

  • भेनिस, इटली

2014-07-03-SevilleZuSanchez.jpg

  • सेभिल्ले, स्पेन

2014-07-03-NewYorkIkerFernandezGavilan.jpg

  • न्युयोर्क अमेरिका

2014-07-03-LhasaJuanjoFontanet.jpg

  • ल्हासा, चीन

2014-07-03-RiodeJaneiroStocklapse.jpg

  • रियो दी जेनेरिया, ब्राजिल

2014-07-03-LondonTbtb.jpg

  • लण्डन, इङल्याण्ड

2014-07-03-MarrakechCesarBlay.jpg

  • माराकेच, मोरक्को

2014-07-03-PetraHusar77.jpg

  • पेट्रा, जोर्डन

2014-07-03-RomeTbtb.jpg

  • रोम, इटाली

2014-07-03-VaranasiJordiBatet.jpg

  • बनारस, भारत

2014-07-03-FlorenceIvanLuengo.jpg

  • फ्लोरेन्स, इटाली

2014-07-03-HavanaViajesyfotografia.jpg

  • हवाना, क्युवा

2014-07-03-KyotoViajesyfotografia.jpg

  • क्योटो, जापान

2014-07-03-JerusalemIgnacioIzquierdo.jpg

  • जेरुसेलम, इजरायल

2014-07-03-ParisJuanZ.Aranda.jpg

  • पेरिस, फ्रान्स

2014-07-03-BeijingDavidEsteban.jpg

  • बेइजिङ, चीन

2014-07-03-LalibelaAlfonsoNavarroTppero.jpg

  • लालिबेला, इथिओपिया

2014-07-03-AlhambraMiguelEgido.jpg

  • ग्रानाडा, स्पेन

2014-07-03-AthensGreuf.jpg

  • एथेन्स, ग्रिस

2014-07-03-BaganGorkaNelsonArtano.jpg

  • बगान, म्यानमार

2014-07-03-KathmanduNicDallaValle.jpg

  • काठमाण्डौ, नेपाल

2014-07-03-VaticanPabloLpezRamos.jpg

  • भ्याटिकन सिटी

2014-07-03-LisbonJessicaMartinezInfante.jpg

  • लिसवन, पोर्चुगल

2014-07-03-TokyoSandraGarciaArangoa.jpg

  • टोकियो, जापान

2014-07-03-IstanbulMikelH.jpg

  • इस्तानबुल, टर्की

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment