Comments Add Comment

दुई वर्षमा ८० हजार हिरो मोटरसाइकल बिक्री

२३ असार, काठमाडौं । भारतीय मोटरसाइकल ब्रान्ड ‘हिरो’ले नेपाली उपभोक्ताको मन जित्न सफल भएको छ । दुई वर्षको अवधिमा नेपाली सडकमा ८० हजार थान हिरो ब्रान्डका मोटरसाइकल तथा स्कुटरहरु गुडिसकेका छन् ।

karizma-zmrभारतमा सन् २०१२ देखि हिरो मोटो कोर्प इन्डियाले हिरो ब्रान्डका मोटरसाइकल तथा स्कुटर उत्पादन शुरु गरेको हो । यसअघि जापानिज बाइक निर्माता कम्पनीसँग जोइन्ट भेञ्चरमा ‘हिरो होन्डा’ ब्रान्डमा मोटरसाइकल तथा स्कुटरहरु उत्पादन हुँदै आएका थिए । नेपाली बजारमा सन् २०१२ को सेप्टेम्बर २६ देखि हिरो ब्रान्डका मोटरसाइकल आधिकारिक रुपमा आयात तथा बिक्री वितरण शुरु भएको हो ।

‘हिरो ब्रान्डले नेपाली उपभोक्ताको मन जित्न सफल हुँदै गएको छ’ नेपाल जनरल मार्केटिङ सर्भिसेजका ब्रान्ड प्रमोशन डिभिजनका म्यानेजर दिनेश रत्न बज्राचार्यले भने- ‘स्कुटरमा अलिकति कमजोर देखिए पनि मोटरसाइकलमा हिरो ब्रान्ड अब्बल दर्जामा पर्न सफल भएको छ ।’

अहिले नेपालमा हिरोका एउटा स्कुटर र १३ वटा मोटरसाइकल गरी १४ वटा मोडलहरु उपलब्ध रहेका छन् । हिरोको प्लेजर स्कुटरले पनि बजारमा राम्रो उपस्थिती देखाउन सफल भएको छ । हिरो मोटरसाइकलमा सबैभन्दा चलेको मोडल सुपर स्पेलेन्डर हो । १२५ सीसी क्षमताको यो मोटरसाइकल सर्वाधिक बिक्री हुनेमा पर्छ । नेपाली बजारमा यसको मूल्य १ लाख ६२ हजार रुपैयाँ पर्ने म्यानेजर बज्राचार्यले बताए । उनका अनुसार यो मोडल एक वर्षमा ९ हजार थान बिक्री भएको छ ।

‘सुपर स्पेलेन्डर प्रो’ हिरोको दोस्रो बढी बिक्री हुने मोटरसाइकलमा पर्छ । त्यस्तै, पछिल्लो समय बजारमा आएको आई-स्मार्ट मोटरसाइकलले पनि ग्राहकहरुको ध्यानकषिर्त गर्न सफल भएको बज्राचार्यले बताए । ट्राफिक जाममा ५ मिनेट उभिनुपर्‍यो भने अटोमेटिक अफ हुने र एक्सिलेटर चलाउँदा अटोमेटिक अन हुने प्रविधि भएको यो मोटरसाइकल सय सीसीको हो ।

हिरोको एकमात्र स्कुटर प्लेजरको बिक्री पनि राम्रो रहेको छ । यो स्कुटर महिनामा साढे ३ सयदेखि ४ सय थान बिक्री भइरहेको कम्पनीको दाबी छ । प्लेजरको अपग्रेड मोडल बजारमा आएपछि बिक्री पनि बढ्दै गइरहेको बज्राचार्यले बताए । कम्पनीले अगष्टको पहिलो हप्तातिर नयाँ स्कुटर बजारमा ल्याउँदै छ । अप्सन नभएको हुँदा स्कुटरको बिक्री न्यून रहेकोमा नयाँ स्कुटर बजारमा आएपछि बिक्री पनि बढ्ने विश्वास कम्पनीले लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment