Comments Add Comment

राष्ट्रपतिले भने, सेक्स नै समस्याको जरो

जनताले देश बन्न नसक्नुको दोष नेतालाई दिन्छन् । नेताले एक अर्कालाई, विदेशीलाई, कर्मचारी तन्त्रलाई आदि आदि । कतिपय नेताले भने आफ्नो विपक्षी दलका समर्थक जनतालाई समेत देश नबन्नुको दोष थोपर्छन् । युगाण्डाको राष्ट्रपतिले भने आफ्नो देश मात्र नभएर समग्र अफ्रिकी महादेशको हालत बिगि्रनुमा सेक्स दोषी रहेको आरोप लगाएका छन् ।

YK-Museveni1

राष्ट्रपति योवेरी मुसेवेनीले अफ्रिकीरु गरीब हुनुको मुख्य कारण उनीहरु अल्छी हुनु, सेक्सका भोका हुनु रहेको बताए । राजधानी कम्पालामा भएको एक धार्मिक सम्मेलनमा बोल्दै उनले भने, ‘अफ्रिकीहरुले गर्ने एकमात्र काम भनेको प्रसस्त सन्तान पाउनु र धर्ति ढाक्नु हो । समलिंगी विरुद्ध निकै कडा रुपमा प्रस्तुत भएका राष्ट्रपतिले सलिंगीको अधिकारको वकालत गर्ने देशहरुबाट अनुदान स्विकार गर्नु पाप गरे सरह रहेको बताए ।

भुपु राष्ट्रप्रमुख तथा चर्चित निरंकुश शासक इदी अमिनले मान्छेका टाउका दरबारको फ्रिजमा राख्ने तथा शत्रुको मासु खाने गरेको प्रसँगमा बोल्दै उनले त्यस्तो शासक मूर्ख भएको बताए ।

स्मरण रहोस् उनै अमिनलाई अपदस्थ गरि मुसेभेनीले सन् १९८६ देखि युगाण्डामा शासन गरिरहेका छन् ।

स्मरण रहोस् समलिंगी लाई समान अधिकार नदिएको भन्दै धेरै देशले युगाण्डालाई आर्थिक सहायता बन्द गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment