Comments Add Comment

जीमेल अब नेपाली भाषामा पनि, थपिए १३ भाषा

gmail-in-nepaliलोकप्रिय इमेल सेवा जीमेल अब नेपाली भाषामा पनि चलाउन पाइने भएको छ ।

जीमेलमा रहेको भाषा सेटिङ अप्सनमा नेपाली भाषा छनौट गरेपछि अब जीमेलका सवै बटनहरु नेपाली भाषामा देखिने छन् ।

जीमेलले सोमबारदेखि थप १३ वटा भाषामा जीमेल सेवा उपलब्ध गराउन थालेको जसमा नेपाली पनि रहेको छ । गुगल लोकलाइजेसनका सिनियर प्राजेक्ट म्यानेजर इयान हिलका अनुसार सोमबारदेखि थपिएका भाषामा अफ्रिकन, अर्मानियन, अजरबैजनी, हङकङ, क्यानडेली फ्रेन्च, गालिसियन, जर्जियन, खमेर, लाओ, मंगोलियन, नेपाली, सिंहाली र जुलु भाषा रहेका छन् ।

यसअघि नै ५८ भाषामा उपलब्ध जीमेल थप १३ भाषासहित ७१ भाषामा उपलब्ध हुन थालेको छ । यसले संसारको ९४ प्रतिशत इन्टरनेटसँग जोडिएका मानिससम्म जीमेल पुगेको गुगलले जनाएको छ ।

कसरी चलाउने नेपालीमा ?

यदि तपाई नेपालीमा जीमेल चलाउन चाहानुहुन्छ भने तपाईको जीमेलमा रहेको सेटिङ अप्सनमार्फत् अंग्रेजी भाषालाई नेपाली भाषामा परिवर्तन गर्नुपर्ने हुन्छ ।

त्यसका लागि सेटिङभित्र  Gmail display language छनौट गर्नुहोस । त्यहाँ उपलब्ध बिभिन्न भाषाको सूची देखिन्छ । अब नेपाली भाषा छनौट गर्नुहोस् । पेजको अन्त्यमा रहेको Save Changes बटन थिचेपछि तपाईको जीमेल नेपालीमा डिस्प्ले हुने छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment