Comments Add Comment

रणवीरसँगै बर्थ डे मनाउन दिपिका सुटुक्क टर्कितिर

ranveer-deepika5प्रेमी रणवीर सिंहको बर्थ डे मनाउन नायिका दिपिका पादुकोण सुटुक्क टर्की पुगेकी छिन् ।

इम्तियाज अलीको फिल्म तमासाको सुटिङका लागि क्रोयसिया जान लागेकी दिपिका सुटिङ युनिटभन्दा एक दिन अघि नै मुम्बईबाट स्तानबुलतर्फ लागेकी थिइन् ।

हाल स्तानबुलमा सुटिङ गरिरहेका प्रेमी रणवीर सिंहको बर्थ डे मनाउन र समय बिताउन उनी एक दिनअघि नै सुटुक्क त्यतातिर लागेको बताइएको छ ।

तमासाको टीमसहित उनका पूर्व प्रेमी रणवीर कपुर भने सोमबार मात्र क्रोयसियातिर लागेका छन् । दिपिकाले आफ्ना पूर्व प्रेमि रणवीर कपुरसँग तमासामा काम गर्दैछिन् ।

दिपिकाले पछिल्लो समयमा रणवीर सिंह सँगको आफ्नो अफयेरबारे सार्वजनिक रुपमा बताउन इन्कार गरेपनि उनीहरु बिभिन्न सार्वजनिक कार्यक्रममा सँगै देखिने गरेका छन् । फिल्म रामलिलापछि उनीहरुको प्रेम निकै झांगिएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment