Comments Add Comment

स्पाइसले ल्यायो एन्ड्रोइड र फिचर फोन

Colours-MI-438
काठमाडौं । स्पाइस मोबाइलका तीनवटा मोडल नेपाली बजारमा भित्रिएका छन् । स्पाइसको २ वटा फिचर फोन र एउटा एन्ड्रोइड फोन बजारमा आएका हुन् ।

एन्ड्रोइड फोन एमआई-४३८ डबल थि्रजी सीम लाग्ने मोबाइल हो । यसमा ४.२ इञ्चको स्कि्रन, एन्ड्रोइड ४.२ जेलिबिन अपरेटिङ सिष्टम, १.३ गीगाहर्ज डिउल कोर प्रोसेसर, ४ जीबी रोम, ५१२ एमबी र्‍याम, पछाडी २ मेगापिक्सेल क्यामेरा, अगाडी १.३ मेगापिक्सेल क्यामेरा, १३५० एमएएच क्षमताको ब्याटि्र लगायतका सेवा सुविधाहरु रहेका छन् । यो मोडल खरिद गर्दा लेदरको कभर सित्तैमा पाइने कम्पनीले जनाएको छ ।

Colours-M-5470_Frontएम-५४७० मोडल ३.२ इञ्चको स्कि्रन भएको फिचर फोन हो । यसमा २५ एमएएच क्षमताको ब्याटि्र रहेको छ भने १.३ मेगा पिक्सेल क्यामेरा रहेको छ ।

त्यस्तै, फिचरमै उपलब्ध एम-५३७७ मोडल २.४ इञ्च ठूलो स्कि्रन भएको मोडल हो । यसमा १८५० एमएएच क्षमताको ब्याटि्र रहेको छ भने १.३ मेगा पिक्सेल क्यामेरा जडान गरिएको छ ।

दुबै  फिचर फोनमा मल्टी सीम, ब्लूटुथ, अडियो एन्ड भिडियो प्लेयर, रेकर्डर, वाप/जीपीआरएस तथा एफएम रेडियो रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment