Comments Add Comment

एजेन्टले नाम जोडेको भन्दै बैदेशिक रोजगार व्यवसायी संघको आपत्ति

२४ असार काठमाडौं । नेपाल वैदेशिक रोजगार प्रतिनिधि एजेन्ट एसोसिएनसले आफ्नो नाम जोडेर विज्ञप्ती जारी गरेको भन्दै नेपाल बैदेशिक रोजगार व्यवसायी संघले आपत्ति जनाएको छ ।

सरकारले लागू गर्न लागेको बायोमेटि्रक प्रणालीका विषयमा एजेन्ट एसोसिएसनले सोमबार विज्ञप्ती जारेको थियो । एजेन्टको विज्ञप्ती बैदेशिक रोजगारको क्षेत्रमा कार्यरत संस्थाहरुलाई भ्रममा पार्ने उद्देश्यले जारी गरिएको संघले जनाएको छ ।

‘एजेन्ट एसोसिएसनले विज्ञप्तीको अन्तिम भागमा नेपाल वैदेशिक रोजगार व्यवसायी संघको नाम जोडी प्रकाशन गरिएको सूचनामा यस संघको कुनै प्रकारको संलग्नता नरहेको प्रष्ट पार्न चाहन्छौ’ संघका अध्यक्ष हंसराज वाग्लेद्धारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ ।

सरकारले कार्यान्वयन गर्न लागेको बायोमेटि्रक प्रणालीमा संघको कुनैपनि समर्थन नरहेको वाग्लेद्धारा जारी विज्ञप्तीमा भनिएको छ । बायोमेटि्रकले बैदेशिक रोजगारीमा जाने नेपालीहरुलाई आर्थिक भार थप्ने र बैदेशिकर रोजगार व्यवसायीहरुलाई झन्झटिलो हुनेगरी आउने भनिएको बायोमेटि्रक प्रणालीमा यस संघको असहमति छ’ जारी विज्ञप्तीमा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment