Comments Add Comment

एमाले महाधिवेशन र डाइनोसरहरु

Bhakta Kumari lama - Copyभक्तकुमारी लामा

नेकपा एमालेको नवौँ महाधिवेशन काठमाण्डौमा भव्यरुपमा चलिरहेको छ । देशभरका हजारौ नेता कार्यकर्ता यस महामेलामा सहभागी छन् । एमालेमय भएको छ राजधानी । महाधिवेशन भन्ने वितिकै नेतृत्व हत्याउने रस्साकस्सी हुने नै भयो ।

महाधिवेशनको संघारमा आइपुग्दा नयाँ नेतृत्वका आकांक्षीहरु नेतृत्व हत्याउन दिलो ज्यान दिएर लागेका छन् । नेता कार्यकर्ताहरु दुई खेमामा विभक्त छन् । दिनहँुजसोे ठूला‐ठूला भेलाहरु भइरहेका छन् । खास गरी एमालेले अबको महाधिवेशनबाट कस्तो विचारलाई संस्थागत गरेर लैजाने भन्ने विषयमा तातो‐तातो बहस जारी छ । आˆनो विचारलाई पार्टीभित्र र बाहिर स्थापित गराउन नेता कार्यकर्ता कम्मर कसेर लागेका छन् ।

एमाले पार्टीभित्र नेपाली समाजको चरित्र पुजीँवादी कि अर्धसामन्ती ? जनताको बहुदलीय जनवादलाई मदन भण्डारीले त्यतिबेला जसरी व्याख्या गरे त्यसलाई जस्ताको त्यस्तै मार्गदर्शक सिद्धान्तका रुपमा स्वीकार्ने कि समयानुकूल परिमार्जन गर्ने ? दोस्रो जनआन्दोलनलाई पुजीँवादी जनवादी क्रान्ति मान्ने कि नमान्ने भन्ने विषयहरुमा तीव्र मतान्तर रहेको छ ।

समाज आर्थिक र राजनीतिक रुपले मुलभूतरुपमा पुजीँवादी भइसकेको हो कि ? समाज अर्धसामन्ती नै छ भन्ने विषयमा तिव्र मतान्तर रहेको छ । आठौं महाधिवशेनमै केन्द्रीय कमिटी बाहिरका युवा नेता घनश्याम भुसालको नेतृत्वमा ३६ जना युवाहरुले फरक मत पेश गरेका थिए ।

गत बैशाख ९ गते मदन भण्डारी फाउन्डेसनले एउटा भेला गरेको थियो । भेलामा कमरेड शंकर पोखरेलले कार्यपत्र पेश गर्नुभएको थियो । त्यस कार्यपत्रमा नेपाली समाज अर्धसामन्ती नै भएको जिकिर गरिएको थियो । त्यसमा केही नेताहरुले समाज अर्धसामन्ती नै रहेको पुष्टि गर्न लामा-लामा आलेख छपाएका थिए । यसले के पुष्टि हुन्छ भने समाज परिवर्तन भएको कुरा उनीहरु कार्यकर्ता र जनतालाई भन्न अनाकानी गरिरहेका छन् । किनकि जनता र यी नेताहरुको जीवनस्तरमा आकाश जमीनको फरक छ ।

समय सधैं गतिशील हुन्छ, कसैले त्यसलाई रोक्ने दुस्वप्न देख्नु मूर्खताबाहेक अरु केही होइन । जो परिवर्तित समय, मुल्य, मान्यता र वातावरणमा समायोजन हुन सक्छ, त्यसको अस्तित्व अनन्त रहन्छ । जो वातावरण अनुकुल समायोजन हुन सक्दैन, उसको अस्तित्व समाप्त भएर जान्छ । गतिशीलतालाई कसैले रोक्न खोज्छ भने उसको हालत डायनोसरको जस्तै हुनेमा दुई मत छैन ।

यतिखेर नेपाली कम्युनिष्ट आन्दोलनमा पनि समाजको गति अनुरुप घुलित भएर आफ्नो अस्तित्व अनन्त कायम राख्ने कि जडसुत्रवादी भएर डायनोसरको हालत व्यहोर्ने भन्ने ठूलो चुनौती खडा भएको छ । तर, माक्र्सवाद आफैमा विज्ञानको महासागर भएकाले यसको सिर्जनात्मक प्रयोग गर्न सक्नुपर्छ । नेपाली कम्युनिष्ट अभियान्ताहरुले माक्र्सवादको सिर्जनात्मक प्रयोग गर्ने प्रयत्न गरेका छन् । जनताको बहुदलीय जनवाद त्यसैको एउटा उदाहरण हो ।

जनताको बहुदलीय जनवादको प्रयोगले नेपाली कम्युनिष्ट आन्दोलनलाई एउटा नयाँ मोड दिएको कसैले नकार्न सक्दैन । यसलाई अझ सुदृढ र अझ परिमार्जित गरेर लैजानु अबको दायित्व रहन्छ । जनताको बहुदलीय जनवाद प्रत्येक मानिसको जीवनमा प्रतिविम्वित हुनु जरुरी छ । तर, आफुलाई कम्युनिष्ट आन्दोलनको हिमायती, जबजको अनुवंशीय हिस्सेदार रहेकोे दाबी गर्ने केही व्यक्तिले जबजलाई संग्रहालयमा राखिएको पुरातात्विक वस्तुझै बनाउन खोजी रहेका छन् । फलस्वरुप जबजलाई समृद्ध, सिर्जनात्मक र समायानुकुल परिमार्जित गरेर लैजानुपर्छ भन्नेहरुले जबज विरोधी खप्की व्यहोर्नु परिरहेको छ । मदन भण्डारी आफैंले भनेका थिए “सिद्धान्तका लागि जीवन होइन, जीवनका लागि सिद्धान्त हो ।”

विश्वमा कम्युनिष्ट आन्दोलन पतन हुनुको मुख्य कारण सिर्जनात्मक हुन नसक्नु नै थियो । भारत र सोभियत संघमा त्यही कारणले कम्युनिष्ट आन्दोलनको जग भत्कियो ।

अहिलेको नेपाली समाज ज्यालादारी श्रममा आधारित रहेको समाज हो । वास्तविक समाजको अवस्था विश्लेषण गरी माक्र्सवादलाई सिर्जनात्मक प्रयोग गर्दै नेपाली कम्युनिष्ट आन्दोलनलाई उचाइमा पुर्‍याउने प्रशस्त सम्भावनाहरु छन् । रुढ भएर पतन स्वीकार्ने कि, सिर्जनात्मक भएर नयाँ इतिहास निर्माण गर्ने ? नेकपा एमालेको महाधिवेशनमा प्रतिनिधिहरुले गहन बहस र छलफल गरुन् । नेता भन्दा नीति ठूलो हो ।

लामा एमाले अखिलकी नेतृ हुन्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment