+
+

सभासदलाई ५ करोड दिने प्रस्ताव : कति ठीक, कति बेठीक ?

अनलाइनखबर अनलाइनखबर
२०७१ असार २४ गते १३:४३

ca-first-1

संविधान निर्माणको जिम्मेवारी लिएका सभासदहरुले संविधान निर्माणलाई भुलेर आफ्नो निर्वाचन क्षेत्रको विकासका लागि भन्दै सरकारसँग ५ करोड रुपैयाँ माग गरिरहेका छन् । सरकारी संयन्त्रबाट गरिएको विकास प्रभावकारी नभएको भन्दै सभासदहरुले आफ्नो ठाउँको विकासका लागि प्रत्येक वर्ष ५ करोड रुपैयाँ उपलब्ध गराउन दबाव दिइरहेका छन् । निर्वाचन क्षेत्रलाई पाँच करोड बजेट दिनेबारे सत्तारुढ नेपाली कांग्रेस सकारात्मक देखिइसकेको छ ।

विकासका नाममा प्रत्येक निर्वाचन क्षेत्रमा ५ करोड छुट्याइनुपर्ने माग गरिरहेका सभासदहरुको नियतबारे तपाईं के भन्नुहुन्छ ? सभासदहरुको निर्वाचन क्षेत्रलाई ५ करोड दिएर उनीहरुले भने जस्तै देशको विकास होला या त्यो रकमको दुरुपयोग होला ? सभासदलाई ५ करोड रुपैयाँ दिनु उचित होला कि नहोला ?

१) निर्वाचन क्षेत्रलाई ५ करोड दिनैपर्छ । यसो गर्दा देश विकासको मूल फुट्छ ।

२) त्यसरी ५ करोड बाँड्न हुँदैन । त्यसरी रकम बाँड्दा नेताहरुले दुरुपयोग गर्न सक्छन् ।

३) ५ करोड रुपैयाँ राज्यका संयन्त्रबाटै जानुपर्छ, सो रकम सभासदलाई सुँघ्न पनि दिनुहुँदैन । गाविसलाई अनुदान दिएजस्तै निर्वाचन क्षेत्रलाई दिँदा फरक पर्दैन ।

४) अहिले ५ करोडमा विवाद गर्ने बेला होइन, संविधान लेखनमा केन्द्रित हुने समय हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

Conversation

New Old Popular
Advertisment