Comments Add Comment

नेपाली टोलीद्वारा आयरल्याण्डको पर्बत आरोहण

आयरल्याण्ड । नेपाली पर्बतारोहण समुहले आयरल्याण्डको सबै भन्दा अग्लो पर्बत क्रौण्टोहिल ( ३४०६ फिट ) को सफल आरोहण गरेको छ । नेपालीहरु आयरल्याण्डमा सन् १९८४ देखि बसोबस गर्दै आयको पाइन्छ । हाल झण्डै ४ हजार नेपाली छन् ।

नेपाली समाज लिम्रिकका पूर्वअध्यक्ष राज थापाको नेतृत्वमा पाँच सदस्य टोली पर्बतारोहणमा गएको थियो । टोलीमा लक्ष्मी पौडेल, खगेन्द्र आचार्य, शीतल बस्नेत र शेखर पौडेल थिए । चार घण्टा लामो जोखिमपूर्ण यात्रा पश्चात टोली शिखरमा पुग्न सफल भएको थियो ।

टोलीले नेपालको राष्ट्रिय झन्डा र आयरल्याण्डको झन्डा फहराएको थियो । नेपाल आयरल्याण्ड समाज, नेपाली समाज लिम्रिक, एनआरएन आयरल्याण्ड, कोर्क नेपाली समाज को ब्यानर झन्डा पनि फहराएको थियो । अनलाइनखबर डटकमको झण्डा समेत फहराइएको थापाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment