Comments Add Comment

ओमानमा अलपत्र परेका ६ नेपालीको उद्दार

Nepali-resque-from-oman

२४ असार, ओमान । रोजगारीका लागि ओमान पुगेर अलपत्र परेका ६ नेपालीलाई उद्दार गरी नेपाल पठाइएको छ । कम्पनीले तलब र खानबस्न समेत नदिएपछि अलपत्र गरेका उनीहरुलाई नेपाली दूतवास मस्कटको पहलमा उद्दार गरिएको थियो ।

उद्दार गरी घर पठाइएकाहरुमा रुपेन्देहीका बृजमोहन लोध, रामगरेश लोध र भगौतीप्रसाद चमार, मोरङका याचकबहादुर मगर, महोत्तरीका पाटीरामम ठाकुर र धनुषाका दिनेश महरा रहेका छन् । उनीहरु करिव ७/८ महिना पहिले मशरेफ अल-खल्दिया ट्रेडिङ कम्पनीमा काम गर्न आएका थिए ।

तर, स्पोन्सरले तलव नदिएको, खाना तथा बासको राम्रो प्रबन्ध नभएको, स्वास्थ्य उपचारको व्यवस्था नभएको र राहदानी तथा परिचयपत्र पनि नदिएकाले काम गर्न नसक्ने अवस्था आएको भन्दै दूतवासमा मौखित जारकारी गराएका थिए ।

दूताबासले पटक पटक तलबसहितको सुविधा दिन आग्रह गर्दा सुनुवाइ नभएपछि सोमबार उद्दार गरिएको थियो । कामदारको जिउ ज्यान जोखिममा पर्ने सम्भावना रहेकोले उद्धार गरिएको दूतावासले जनाएको छ ।

उनीहरुलाई नेपाल फर्कन टिकट भने रोजगारीमा पठाउने कम्पनीले मिलाएको थियो । साथै नेपाल फर्केपछि अन्य उपयुक्त स्थानमा रोजगारीका लागि निःशुल्क पठाउने आश्वासन समेत उक्त म्यानपावर कम्पनीले दिएको कामदारहरुले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment