Comments Add Comment

एक बोतल रक्सीका लागि २४ जना तन्नेरीसँग मुखमैथुन गरिन् युवतीले

झण्डै ४ सय रुपैयाँ पर्ने एक बोतल रक्सी सित्तैमा पाउनका लागि एक युवतीले २४ जना युवकसँग मुखमैथुन गरेकी छिन् ।

३ युरो मूल्य पर्ने काभा वाइनका लागि ती बेलायती युवतीले यस्तो घिनलाग्दो कार्य गरेकी हुन् । स्पेनको मालोर्कास्थित एक बारमा भेला भएका युवकहरुको यौनप्यास आफ्नो मुखैले मेटाइदिए बापत उनले एक बोतल वाइन पाइन् ।

समाचार अनुसार विदा मनाउन स्पेन पुगेकी ती युवतीलाई त्यहाँ भएका युवाहरुले सुरुमा पिउनका लागि उक्साए । त्यसपछि उनलाई मुखमैथुन गरेमा विदाको विशेष वाइन उपहार दिने भने पश्चात उनले त्यहाँ रमाइलो गरिरहेका युवाहरुसँग मुखमैथुन गरेकी हुन् । उनलाई एक प्रतियोगितात्मक खेलकै रुपमा मुखमैथुन गर्न लगाइयो र उनले त्यसलाई सहश्र स्विकार गरिन् पनि । उनले बारमा मुखमैथुन गरिरहेका तस्वीर र भिडियो इन्टरनेटमा अपलोड भएपछि त्यसले ठूलै तहल्का मच्चाएको छ ।

स्मरण रहोस् मालोर्काका बार तथा रेष्टुरेन्टहरुले पछिल्लो समयमा युवती तथा किशोरीहरुलाई पुरस्कारका लागि विभिन्न खाने यौनजन्य क्रियाकलाप गर्न उक्साउने गरेका विभिन्न घटना बाहिर आउने गरेका छन् । उक्त सहरका मेयरले यस्तो कार्य गरेको बारेमा आफुलाई थाहा नभएको भएपनि यदि त्यस्तो पाइएमा कडा कारवाही गरिने बताएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment