Comments Add Comment

लोग्नेले नाच्न नमानेपछि ‘महाप्रस्थान’को सुरसार

आफ्नो लोग्नेलाई घुक्र्याउन महिलाहरु खप्पिस नै हुन्छन् भनिन्छ । कतिले नबोलेर, कतिले नखाएर त कतिले बिसन्चो भएको बहाना पारेर । तर कतिले भने आफुले भनेको नमान्ने लोग्ने वा ब्वायप|mेण्डलाई ‘देखाइदिन’ खतरनाक कदम समेत चाल्न पछि पर्दैनन् । आफुले भनेको नभएपछि अगाडि पछाडि नहेरिकन आत्मघाती कदम चाल्न समेत आँट गर्छन् कोहीकोहीले । चीनमा यस्तै भएको छ ।

poision

आफ्नो लोग्नेले नाच्न नमानेको भन्दै एक चिनिया महिलाले झण्डै आत्महत्या गरिनन् । लोग्नेले एक सामूहिक नृत्यका लागि गरिएको निम्तो अस्विकार गरेको झोँकमा ५३ वर्षकी ती महिलाले आत्महत्याको प्रयास गरेकी हुन् ।

उनले आत्महत्या गर्नका लागि किरा मार्ने विख मिसाएको रक्सी पिएको बताइएको छ । त्यो विख खाएर उनी ढलेपछि उनलाई तत्काल अस्पताल पूराइएकोमा उनको इमर्जेन्सीमा उपचार भैरहेको ग्लोबल टाइम्सले जनाएको छ ।

श्रीमानले आफ्नो नाचको प्रस्ताव अस्विकार गरेपछि ती महिलाले घरमा छोरीलाई आफु बाँच्न नचाहेको बताएर बिख खाएकी थिइन् ।

पब्लिक स्क्वायर डान्सिङ भनिने एक सामूहिक नृत्य चीनका अधवैँशे तथा पाका उमेरका मानिसहरुमा लोकपि्रय छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment