Comments Add Comment

यस्तो हुनेछ दुबइमा बन्ने विश्वकै सबैभन्दा विशाल सपिङ मल

Dubai biggest mall

विश्वको सबैभन्दा अग्लो टावर बुर्ज दुबइ रहेको सहर हो, युएइको दुबइ । बुर्ज दुबइ ठड्याएर मात्र रहर पुगेन, अब युएइ सरकारले दुबइमा अर्को एक किर्तिमानी भौतिक संरचना तयार गर्दैन ।

निकै महत्वाकांक्षी परियोजना अन्तरगत दुबइमा पृथ्वीकै अहिलेसम्मको विशाल सपिङ मल बन्न लागेको हो । यसमा वातानुकुलित सडक, विश्वकै ठूलो इन्डोर थेम पार्कका साथै १ सय होटल र अपार्टमेन्टहरु रहनेछन् ।

उक्त परियोजनालाई तापक्रम नियन्त्रित पैदलयात्रीको सहर नाम दिइएको छ । ४ करोड ८० लाख स्क्वाएर फिट क्षेत्रमा बन्ने मल अफ दी वल्र्डमा हेल्थ रिसोर्ट, रंगमञ्च, बार्सिलोनाकै जस्तो सेलेब्रेसन स्टि्रट तथा स साना गल्लीको संजाल रहनेछ ।

Dubai-biggest-mall-2वर्षैभरि पर्यटक हब बन्ने योजना अन्तरगत दुबइमा यो निकै महत्वाकांक्षी परियोजना सुरु गर्न लागिएको बताइएको छ । गि्रष्मयाममा तापक्रम ५० डिग्री सम्म पुग्ने भएकाले उक्त सपिङ मललाई वातानुकुलित बनाएर पर्यटक तान्ने कोसिस गरिनेछ ।

सिसाको छातामूनि रहने सपिङ मलमात्रै ८० लाख वर्ग फिटमा फैलिएको हुनेछ र त्यो मुख्य सपिङ क्षेत्रबाहिर अन्य संरचना हुनेछन् । गर्मी याममा सपिङ मलमाथि सिसाको छाता हुने भएपनि चिसो याममा त्यो छाता हटाइनेछ र पर्यटकले ताजा हावा लिँदै सपिङ गर्न सक्नेछन् । यो मलमा वर्षेनी १ करोड ८० लाख पर्यटक आउने अपेक्षा छ ।

यो मलबाट बुर्ज खालिफा दुबइ टावर नजिकै छ र केही समयमै पुग्न सकिन्छ ।Dubai-biggest-mall-1

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment