Comments Add Comment

भरतमोहन र सिद्धिलालले छाडे सक्रिय राजनीति

२५ असार, काठमाडौं । नेकपा एमालेका स्थायी समिति सदस्य एवम् पूर्वअर्थमन्त्री भरतमोहन अधिकारी र सल्लहकार कमिटिका अध्यक्ष सिध्दिलाल सिंहले पार्टीको कार्यकारी नेतृत्वमा नरहने घोषणा गरेका छन् ।

विसं २०१० सालदेखि नेपाल कम्युनिस्ट पार्टीको नेतृत्वमा रहदै आएका अधिकारीले करीव ६० वर्ष कार्यकारी पदमा बसेर काम गर्दै आएका थिए ।bharatmohan adhakari

बुधबारको बन्दसत्र शुरु हुनासाथ अध्यक्ष मण्डलको सदस्यका हैसियतमा करीव २२ सय प्रतिनिधिका अगाडि उभिएर वयोवृद्ध नेता अधिकारीले पार्टीमा नयाँ पुस्ताको विकास र नेतृत्व हस्तान्तरणका लागि बाटो खोल्न यस्तो घोषणा गरेको बताए । अधिकारी आठौं महाधिवेशनमा उपाध्यक्षमा हारे पनि केन्द्रीय सदस्य जितेर स्थायी समितिमा मनोनित भएका थिए ।

एमालेको नवौं महाधिवेशनले ७० वर्ष उमेर पुगेपछि नेताहरुले कार्यकारी पदबाट अनिवार्य अवकाश लिनुपर्ने प्रस्ताव पारित गरेलगत्तै अधिकारीले अब कार्यकारी पदका लागि आफू उम्मेदवार नबन्ने घोषणा गरेका हुन् । ‘म अब एमालेको कार्यकारी पदमा बस्दिँन र उम्मेदवार पनि बन्दिँन’ अधिकारीको भनाइ उधृत गर्दै सुनसरीका महाधिवेशन प्रतिनिधि भीम राई ज्वालाले अनलाइनखबरलाई बताए ।

तत्कालीन नेकपा माले र नेकपा मार्क्सवादीबीच ०४७ सालमा एकीकरण भएर एमाले बनेपछि माक्र्सवादीबाट एमाले बनेका अधिकारी निरन्तर एमालेको कार्यकारी नेतृत्वमा थिए । उनी एमालेमा सबैभन्दा बढी अर्थमन्त्री हुने व्यक्ति पनि हुन् । अधिकारीको अवकाशसँगै ७० वर्षपछि एमाले नेतृत्वबाट विदा लिन अरु नेतालाई पनि दबाब परेको प्रतिनिधिहरुले बताएका छ्न ।

भरतमोहन कम्युनिष्ट नेता मनमोहन अधिकारीका सहोदर भाइ हुन् । पूर्व अर्थमन्त्री अधिकारी अहिले ७८ वर्ष पुगेका छन् । पार्टीेको कार्यकारी पदमा नबसे पनि जीवनभर एमाले बनेर साधारण सदस्यको भूमिका खेल्ने अधिकारीले बताएका छन् । उनले महाधिवेशनबाट सर्वसम्मत नेतृत्व निर्माण गर्न र त्यसको पहलकदमी झलनाथ खनालले लिन आग्रह गरेका छन् । अधिकारीले कार्यकारी पदबाट विदा लिने घोषणा गर्दा प्रतिनिधिहरुले १ मीनेटसम्म ताली बजाएर निर्णयको स्वागत गरेका थिए ।

सिद्धीलालकाे  सन्यास

माले सल्लाहकार कमिटीका अध्यक्ष सिद्धिलाल सिंहले पनि भरतमोहन अधिकारीकै सिको गर्दै एमालेको सक्रिय राजनीतिबाट सन्यास लिएका छन् । वि.सं २००९ सालदेखि कम्युनिष्ट आन्दोलनमा लागेका सिंह ७८ ले आफू ७८ वर्ष पुगेकाले सक्रिय एवं कार्यकारी पदमा नरहने घोषणा गरेका हुन् । सिंह मनमोहन अधिकारी नेतृत्वको नेकपा मार्क्सवादीबाट एकता प्रक्रियामार्फत् एमाले बनेका हुन् ।
एमालेमा केपी ओली र माधव नेपाल दुबै गुट कार्यक्रममा सहभागी हुँदै आएका सिंह एमालेका शीर्षनेताहरु आपसमा मिल्नुपर्ने रहँदै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment